काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झा र आरिफ शेखलाई मधेश प्रदेश सरकारले दुई/दुई लाख रुपैयाँ दिने भको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई दिँदै दुई जना खेलाडीलाई जनही दुई/दुई लाख रुपैयाँ प्रदेश सरकारका तर्फबाट प्रोत्साहनस्वरुप दिइने जानकारी दिए।
विश्वकप छनोट प्रतियोगितामा बिहीबार युएईमाथि गौरवपूर्ण जित हासिल गरेको भन्दै उनले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाइ दिएका हुन्। मधेश प्रदेशका दुई खेलाडी गुलशन झा र आरिफ शेखको खेलको प्रशंसा पनि उनले गरेका छन्।
‘तपाईंहरूले देश र प्रदेशको सम्मान बढाउनुभएकोमा हामीलाई धेरै खुसी लागेको छ,’ उनले भनेका छन्। यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।