काठमाडौं- आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले दुई सय रन पूरा गरेको छ। ३५.३ ओभरमा दुई सय एक रन बनाएको हो।
अहिले आसिफ शेख र गुल्सन झा क्रिजमा छन्। शेखले ५३ बलमा ४३ रन बनाएर खेलिरहेका छन्। यसअघि भीम सार्की ७६ बलमा ९ चौकाको सहायताले ६७ रन बनाएर पेभेलियन फर्किएका छन्।
पाँचौं विकेटका लागि सार्कीले आरिफ शेखसँग राम्रो साझेदारी गरे। शेख ४३ बलमा ३४ रनसहित क्रिजमा छन्। यसअघि भूर्तेलले ३२ रनमा ५० रन पुर्याएर आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।