काठमाडौं- आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलपछि भीम सार्कीले अर्धशतक पूरा गरेका छन्।
सार्कीले ६० बलमा ५० रन पूरा गरेका हुन्। यसअघि भूर्तेलले ३२ रनमा ५० रन पुर्याकएर आउट भएका थिए।
सार्कीसँग आरिफ सेखले साझेदारी गरिरहेका छन्। ३० बलमा २२ रन बनाएर सेखले खेलिरहेका छन्। २६.२ ओभरमा नेपालले चार विकेट गुमाएर १५१ रन बनाएको छ।
सातौं ओभरमा ३७ रन बनाउँदा तीन विकेट गुमाएको नेपालका विस्तारै लयमा फर्किदैछ। ३११ रनको लक्ष्य सहित नेपालले ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।