काठमाडौं– आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
उनले ३२ बलमा ५० रन पुर्याएका हुन्। उनले यसक्रममा चार छक्का र तीन चौका हानेका छन्। सातौं ओभरमा ३७ रन बनाउँदा तीन विकेट गुमाएको नेपालका लागि भूर्तेलले आशा जगाएका छन्।
उनले भीम सार्कीसँग राम्रो पार्टनरसिप गर्दै १६ ओभरमा ९८ रन पुर्याएका छन्। ३११ रनको लक्ष्यसहित नेपालले ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।