काठमाडौं– नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठन(नेविसंघ)ले तालाबन्दी, तोडफोड र अनैतिक क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर गरेको छ।
बिहीबार स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)लक्षित घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ। विद्यार्थीको नियमित पठनपाठनलाई असर पर्ने गरी तालाबन्दी, तोडफोड र अनैतिक क्रियाकलाप नगर्ने उल्लेख गरेको छ। यसका साथै विश्व विद्यालय ऐन निर्माणको नेतृत्व नेविसंघले गर्ने दाबी गरिएको छ।
विद्यार्थीको सामूहिक हित विपरीत कुनै पनि र व्यक्तिगत स्वार्थका निमित्त सम्झौता नगर्ने र विद्यार्थीको हक हितका लागि अग्र स्थानमा रहने दाबी गरिएको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीको हातमा सर्टिफिकेट हुँदा पनि बेरोजागार बस्न बाध्य भएको बताए। उनले दूर दराजमा विदयार्थीहरुले पाठ्यपुस्तक नपाउने अवस्था भएको बताउँदै नेविसंघले त्यस्ता समस्याहरुको हल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन आग्रह गरे। घोषणापत्रको लेखनको काम पुजन गन्धर्व नेतृत्वको टिमले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।