• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १५, २०८३ Fri, May 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रातो पासपोर्ट दुरुपयोगको मुद्दा ६ वर्षदेखि सर्वोच्चको एकपछि अर्को इजलासमा चक्कर काट्दै 

३६औं पेसीमा पनि आएन पालो 
64x64
नेपाल लाइभ शनिबार, चैत ४, २०७९  १९:११
1140x725

काठमाडौं– एमाले नेता नारदमुनी राना २०७४ सालमा विजयी हुँदै वनमन्त्रीसमेत भए। २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित उनी २०६४ मा समानुपातिक सभासद भएका थिए। 

त्यस्तै, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट निर्वाचित भएका थिए। उनले त्यतिबेला कांग्रेस नेता आरजु राणालाई हराएका थिए। नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका उनी यसपटक नेपाली कांग्रेसका उम्मेदवार डिल्लिराज पन्तसँग पराजित भए।

२०६४ सालमा समानुपातिक सांसद हुँदा उनीसहितलाई सांसदको हैसियतमा प्राप्त भएको कुटनीतिक राहदानी(रातो पासपोर्ट) दुरुपयोगको मुद्दा लागेको थियो। विशेष अदालतबाट सफाइ पाएपछि उनी दुई कार्यकाल निर्वाचनमा भाग लिइसके भने उनीहरु विरुद्धको मुद्दा सर्वोच्चको एकपछि अर्को इजलासमा पेसी चढ्ने अनि स्थगित हुने हुँदै आएको छ। २०७३ साल जेठ ९ गते सर्वोच्चमा पुनरावेदन भएको मुद्दा ३६ पटक पेसी तोकिएको छ।

बिहीबार पनि उक्त मुद्दाको पेसी तोकिएको थियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको थियो। तर मुद्दा हेर्न नभ्याउने हुँदै स्थगीत भयो। पेसीको १२औं नम्बरमा रहेको मुद्दा हेर्न नभ्याउने भएपछि स्थगित भएको हो।

संविधानसभा सभासद हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले अधिकांश आरोपितहरुलाई सफाइ दिने फैसला सुनाएको थियो।

हालसम्म यो मुद्दा ४० न्यायाधीशको इजलाशमा पेसी तोकिसकेको छ। तीन पटक फाइल मगाउने राख्ने र अन्य आदेश सर्वोच्चले गरेको छ। मुद्दा फैसलाका लागि अङ्ग पुगिसकेको र लामो समयसम्म सर्वोच्चमा विचाराधीन रहेपछि अभियान फाँटमा राखेर सुनुवाइलाई प्राथमिकता दिँदै पेसी तोक्दै आएको छ।

तर पछिल्ला तीन पेसीमा हेर्न नभ्याउने हुँदै सर्दै आएको छ। विशेष अदालतले पूर्वसभासदहरु शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गरेको थियो भने अन्यलाई सफाइ दिएको थियो।

विशेषको उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै अख्तियारले निवर्तमान सांसद रानासमेत सबैविरुद्ध अभियोग पुष्टि हुनुपर्ने दाबी गर्दै पुनरावेदन गरेको थियो। उनीहरुलाई विशेषले कूटनीतिक राहदानी दुरुपयोग गरेको ठहर गरी जनही तीन महिना कैद र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

पूर्वसभासद यादवद्वय र साहको कूटनीतिक राहदानीमा तस्बिर फेरेर अर्कै व्यक्ति अस्ट्रेलिया गएको भनि दिइएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साल भदौ २६ गते अदालतमा मुद्दा दायर गरेको थियो। पूर्वसभासद शिवपुजनको राहदानीमा केदारनाथ शर्मा भन्ने व्यक्ति अस्ट्रेलिया गएको आरोप लगाइएको थियो।

उक्त राहदानीमा सभासदको तस्बिर हेरफेर गर्नका लागि देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, दिलबहादुर घर्ती र सन्तोषराज उप्रेतीले सहयोग गरेको आरोप लागेको छ। साथै पूर्वसभासद विश्वनाथप्रसाद र साहको राहदानीबाट पृथ्वी छन्त्याल नाम गरेका व्यक्ति अस्ट्रेलिया गएको भन्ने आरोप लगाइएको थियो।

सो मुद्दामा अस्ट्रेलिया गएका छन्त्याललाई एकवर्ष ६ महिना कैद गरी ७५ हजार जरिवाना गर्ने फैसला भएको छ। अख्तियारले संविधानसभा सदस्य रहेको हैसियतले प्राप्त गरेको कूटनीतिक राहदानी दुरुपयोग गरी अनधिकृत व्यक्तिलाई विदेश पठाइ भ्रष्टाचार गरेको अभियोगमा चारजना पूर्वसभासद, अध्यागमन कार्यालयका तत्कालीन प्रमुख र केही बिचौलीयाहरू विरुद्ध मुद्दा दायर गरेको थियो।

उनीहरूको राहदानीमा रहेको फोटो उप्काएर अन्य व्यक्तिको टाँसी अस्ट्रेलिया पठाएको र सो कार्यमा सहयोग गरेको मुद्दामा अध्यागमन कार्यालयका कर्मचारीहरूसमेत तानिएका थिए। यादव र साहले १ करोड ६२ लाख रुपैयाँमा आफ्नो नाममा जारी भएको राहदानी बिक्री गरी सार्वजनिक पदको दुरुपयोग गरेको भन्दै सोही बराबरको बिगो र जरिवाना असुल हुनुपर्ने दाबी अख्तियारको थियो।

अख्तियारले २०६८ बैशाख २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूलाई सहयोग गर्ने कार्यमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख खडानन्द ढकाल (प्रतीक) रमेश लम्साल, देविदत्त खत्री, इन्द्रकुमार सुनुवार र श्यामबहादुर भण्डारीको संलग्नता रहेको भन्दै अख्तियारले उनीहरूलाईसमेत भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

अख्तियारले नारदमुनी राना र शिवपुजन रायलाई जनही २२/२२ लाख रुपैयाँमा राहदानी बिक्री गरेको भन्दै सोही बराबरको बिगो र जरिवाना असुल हुनुपर्ने माग गरेको थियो। त्यस्तै राहदानीको फोटो परिवर्तन गर्ने लगायतका कार्यमा सहयोग गरी बिचौलियाको भूमिका निभाएको अभियोगमा डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोज कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीविरुद्ध समेत भ्रष्टाचारको मुद्दा अख्तियारले दायर गरेको थियो।

अख्तियारको अभियोगपत्रमा  भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत सबै प्रतिवादीसँग बिगो बराबर जरिवाना र ८ देखि १० वर्षसम्म कैद हुनुपर्ने माग गरेको थियो।

६ वर्षदेखि विचाराधीन ३ पटक मात्र आदेश  
२०७३ सालमा दर्ता भएको उक्त मुद्दाको दोस्रो सुनुवाइ हुन सकेको छैन। मुद्दामा पहिलो सुनुवाइ २०७५ चैत १३ गते भएको थियो। न्यायाधीशद्वय ईश्वर खतिवडा र तेजबहादुर केसीको इजलासले विपक्षीहरुलाई झिकाउने आदेश गरेको थियो।

यो मुद्दामा हाल सर्वोच्चको नेतृत्व गरिरहेका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की कानुन व्यवसायी थिए। उनी न्यायाधीश हुँदै सर्वोच्चको नेतृत्वमा आइपुग्दा पनि मुद्दा भने अझै पनि फैसलाका लागि पालो कुरिरहेको छ।

यो विवाद आनन्दमोहन भट्टराईसहितको इजलासमा तीन पटक पेसी परिसक्यो। २०७७ चैत २४ गते न्यायाधीश भट्टराई र बमकुमार श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। श्रेष्ठले सर्वोच्चबाटै अवकाश पाइसके। त्यस्तै दोस्रो पटक २०७९ माघ ३ गते न्यायाधीश भट्टराई नेतृत्वको इजलासमा पेसी परेको थियो। न्यायाधीश भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भयो।

यो मुद्दा सातपटक हेर्न नभ्याउने हुदै स्थगित भएको छ। त्यस्तै चारपटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेर सरेको छ। चार पटक पक्ष र विपक्षका कानुन व्यवसायीले स्थगित गरेका छन्।

उक्त मुद्दामा तीन पटक सुनुवाइ हुँदै आदेश भएको छ। सुरुमा २०७४ कात्तिक ७ गते सवै मुद्दा साथै राख्ने आदेश गरेको थियो। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले उक्त आदेश गरेको थियो। दुवै न्यायाधीश अवकाश पाइसकेका छन्। 

त्यस्तै दोस्रो पटक २०७५ चैत ३ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले विपक्षी झिकाउने आदेश गरेको थियो। उक्त आदेशपछि मुद्दाको प्रक्रिया सर्वोच्चमा अघि बढेको थियो। तेस्रो पटक २०७६ माघ ७ गते सपनाप्रधान मल्ल र शुष्मालता माथेमाको इजलासले फाइल मगाउने आदेश गरेको थियो।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सम्बन्धित सामग्री
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान उनका अनुसार सत्तामा रहँदा होस् वा प्रतिपक्षमा, काँग्रेसभित्र बारम्बार देखिने भागबन्डा केन्द्रित प्रतिस्पर्धाले संगठनलाई कमजोर बनाइरह... बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो । बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार चाबहिलस्थित केन्द्रीय कार्यालयमा झन्डोत्तोलन तथा शुभकामना आदानप्रदान कार्यक्रममार्फत स्थापना... बिहीबार, जेठ १४, २०८३
ताजा समाचारसबै
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्