तस्बिर : क्यान।
काठमाडौं- आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुआत गरेको छ। नेपालले दुई ओभर पूरा नगर्दै दुई विकेट गुमाएको छ।
ओपनर आसिफ शेख र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशल मल्ल सस्तैमा आउट भएका हुन्।
यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो।
यूएईका लागि आसिफ खानले विष्फोटक पारी खेले। उनले ४२ बलमा ११ छक्का र चार चौकाको मद्दतले १०१ रन बनाए।
यूएईका आयन खानले बलिङमा नेपालका आसिफ शेखलाई स्टम्पिङ गरएका छन्। मल्ललाई भने जनैद सिद्दीकीले क्याचआउट गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।