काठमाडौं- आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो।
यूएईका लागि आसिफ खानले विष्फोटक पारी खेले । उनले ४२ बलमा ११ छक्का र चार चौकाको मद्दतले १०१ रन बनाए।
यूएईका लागि वृत्य अरबिन्दले १३८ बलमा ९४ रन बनाए। यसैगरी, कप्तान मुहम्मद वासिमले ४९ बलमा ६३ रन बनाएर सन्दीप लामिछानेबाट बोल्ड भए। यूएईका लागि रोहन मुस्तफाले २० रनको योगदान गरे।
नेपालका लागि ललितनारायण राजवंशीले पहिलो सफलता दिलाए। उनले आर्यन लाक्रालाई बोल्डआउट गरेका थिए।
निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका राजवंशीले आफ्नो लय बिहीबार पनि कायम राखे। उनले तेस्रो ओभरको पाँचौं बलमा ७ बल खेलेर ६ रन बनाएका लाक्रालाई बोल्ड गरेका हुन्।
१० ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिए। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।