काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन विश्वविद्यालय बनाउनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार नेपाल ल क्याम्पस वाम लोकतान्त्रिक गठबन्धनका स्वतन्त्र विदयार्थी युनियन (स्ववियु)का उम्मेदवारहरुसँग प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। नेपाल ल क्याम्पस वाम लोकतान्त्रिक गठबन्धनबाट स्ववियु सभापतिका उम्मेदवार विष्णु ढुंगेल, सचिवका उम्मेदवार मनोज सिंह लगायतको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको थियो।
‘कानुन विश्वविद्यालय बनाउनमा मेरो पूर्ण समर्थन र प्रतिबद्धता छ। स्ववियुको निर्वाचनमा जित हासिल गर्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डको भनाईलाई उदृत गर्दै नेविसंघ ल क्याम्पसका नेता एवं वाम लोकतान्त्रिक गठबन्धनका स्ववियु सचिवका उम्मेद्वार मनोज सिंहले भने।
वाम लोकतान्त्रिक विद्यार्थी संगठनले आफ्नो संयुक्त घोषणापत्रमा त्रिभुवन विश्वविद्यालय पुरानो नेपाल ल क्याम्पसलाई छुट्टै कानुनी विश्वविद्यालय बनाउने उल्लेख गरेका छन्। स्ववियुको निर्वाचन आगामी ५ गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।