काठमाडौं- आइसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन्। ४९ बलमा ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मुहम्मद वासिमलाई लामिछानेले एलबीडब्लु धरपमा पारेका हुन्।
१६.२ ओभरको समाप्तिमा ९८ रन बनाउने क्रममा युएईको दुई विकेट खसेको छ। नेपालका लागि ललितनारायण राजवंशीले पहिलो सफलता दिलाएका छन्। उनले आर्यन लाक्रालाई बोल्डआउट गरेका थिए।
नेपालका लागि गुल्सन झा र सोमपाल कामीले पनि कसिलो बलिङ गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।