काठमाडौं– आईसीसी क्रिकेट लिग- २ अन्तर्गत अन्तिम शृंखलाको अन्तिम खेलमा युएईका कप्तान मुहम्मद वासिमले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन्। उनले ४६ बदमा ५६ रन बनाएर क्रिजमा टिकिरहेका छन्। अर्धशतक बनाउने क्रममा उनले ५ छक्का र दुई चौका प्रहार गरेका छन्।
उनलाई वृत्य अरबिन्दले ३७ बलमा १७ रनसहित साथ दिइरहेका छन्।
१५ ओभरको समाप्तीमा ८९ रन बनाउने क्रममा युएईको एक विकेट खसेको छ। नेपालका लागि ललित राजवंशीले पहिलो सफलता दिलाएका छन्। उनले आर्यन लाक्रालाई बोल्डआउट गरेका थिए।
नेपालका लागि गुल्सन झा र सोमपाल कामीले पनि कसिलो बलिङ गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।