काठमाडौं– आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाली राष्ट्रिय टोलीको प्लेइङ ११ मा ललित राजवंशीलाई निरन्तरता दिइएको छ। ज्ञानेन्द्र मल्ललाई उनले बिहीबारको खेलमा पनि प्रतिस्थापन गरेका छन्।
यसैगरी तीव्र गतिका बलर करण केसी पनि बेञ्चमा राखिएका छन्। उनको ठाउँमा गुलशन झालाई मैदानमा उतारिएको छ।
आजको खेलमा युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिएको छ। उसले जवार फरिदलाई बेन्चमा राखेको छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।