काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईसँग अन्तिम तथा महत्वपूर्ण खेल खेल्दैछ। यही खेलका लागि खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड किर्तीपुरस्थित त्रिवि मैदानमा पुगेका छन्।
खेल सुरु हुनु केही समयअघि मैदानमा पुगेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिएका छन्।
यूएईसँग जित निकाल्न सके नेपाल जिम्बाब्वेमा हुने ‘विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर’ मा सिधै छनोट हुनेछ।
लिग २ को अन्तिम शृङ्खलाअन्तर्गतका सबै खेलहरुमा अविजित रहेको नेपाल सोही नतिजा दोहोर्याअउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।