काठमाडौं– जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।
बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो।
जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त रहेको छ। मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।