काठमाडौं– नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको बताए।
उनले नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको नाम र चिह्न देखाएर स्ववियु निर्वाचनमा भोट मागेकोप्रति आपत्ति जनाए।
उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्ने भन्दै स्ववियु निर्वाचनलाई पार्टीको निर्वाचन नबनाउन आग्रह गरे। उनले नेकपा एमालेको विद्यार्थी संगठनमा विद्यार्थीको अजेण्डा नै सकिएको आरोप समेत लगाए।
पराजुली नेतृत्वको अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।