काठमाडौं– नक्कली लाइसेन्स बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२५ का २४ वर्षीय पारस साह तुराह छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगबार पक्राउ गरेको हो।
पक्राउ परेका तुराहलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए।
उनले ‘ई’ वर्गको लाइसेन्सलाई ए, बी र ई वर्गको बनाएर प्रयोग गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।