काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कुसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–६ का ५० वर्षीय पुरनबहादुर घले छन्। घलेलाई बुधबार बुढानिलकण्ठबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले बताए।
उनीविरुद्ध उच्च अदालत पाटनले गत पुस २४ गते पीडितलाई ३६ लाख ८८ हजार बिगो भराई क्षतिपूर्ति बापत १ लाख ४७ हजार ५२० रुपैयाँ राहत कोषमा जम्मा गर्न आदेश दिएको थियो। योसँगै ८ दिनको कैदसमेत सुनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।