काठमाडौं- मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।
उक्त निर्णय गरेकै दिन पनि मन्त्रिपरिषद्ले एक मन्त्री र तीन सचिवको विदेश भ्रमण भने स्वीकृत गरेको छ। खानेपानी मन्त्री अब्दुल खान संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन जाँदैछन्।
यसैगरी कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको पनि विदेश भ्रमण स्वीकृत गरिएको छ।
पोखरामा दुर्घटना भएको यति एअरलाइन्सको जहाज दुर्घटना छानबिन गर्न बनेको जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय पनि गरिएको छ।
हेर्नुहोस् फागुन ३० गते बसेको मन्त्रिपरिषद् बैठका निर्णयहरू :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।