काठमाडौं– उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित गर्न आदेश दिएको छ।
चैत ३ गतेका लागि तय भएको स्ववियु निर्वाचन उच्च अदालत सुर्खेतको आदेशपछि अनिर्णित बनेको छ।
मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’मा अध्ययनरत तीन जना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए।
उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले सुर्खेतले अर्को आदेश नआउँदासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएको हो।
अदालतले दुवै पक्षलाई चैत ८ गतेका लागि छलफलमा बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।