काठमाडौं– एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूले स्वतन्त्र विद्यार्थी युनियनलाई लक्षित गर्दै प्रतिबद्धता सार्वजनिक गरेको छ।
बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अनेरास्ववियूले आफ्नो प्रतिपबद्धता पत्र सार्वजनिक गरेको हो। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा संविधानले प्रद्धत शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्नका लागि प्रतिबद्धता सार्वजनिक गरेको बताए।
उनले विश्वविद्यालय कसैको सिकन्द नबन्न आग्रह गरेका छन्। उनले पार्टीको चुनाव चिह्न लिएर स्ववियु निर्वाचनमा होमिएको आरोप लगाउँदै यो पार्टीको नभई विद्यार्थीको निर्वाचन भएको बताए।
उनले स्ववियु निर्वाचनलाई पार्टीकरण नगर्न आग्रह गरेका छन्। विद्यार्थीको योग्य नेतृत्व चयन गर्नमा ध्यान दिन आग्रह उनको आग्रह छ। उनले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पार्टीको चुनाव चिह्न लिएर स्ववियु चुनावमा होमिएको आरोप लगाए।
प्रतिबद्धतापत्रमा आगामी दुई वर्षमा अखिल स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालय सुधारको माग गर्दै २० प्रतिशत शिक्षमा लगानी गर्न सरकारसँग माग गरिएको छ।
समय सापेक्ष क्यालेण्डरको निर्माण, समयमै परीक्षा र नतिजा प्रकाशन, नेपाली र अंग्रेजीमा प्रश्न छाप्नुपर्ने, विश्वविद्यालयमा शिक्षणविधि र पाठ्यक्रम समयानुकूल परिवर्तन गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, पढाई अनुसन्धानात्मक हुनुपर्ने, शैक्षिक संस्थाको हाता भित्र धुम्रपान र मध्यपानको अन्त्य गर्नुपर्ने लगायतका विषयहरु समेटिएको छ।
त्यसैगरी प्राविधिक र रोजगार मुलुक शिक्षामा पहुँच, विद्यार्थीलाई रासन कार्डको व्यवस्था गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्नका लागि विना धितो लोनको व्यवस्था, विश्वविद्यालयमा हुने नियुक्तिमा राजनीतिकरण हुन नहुने, कुलपति प्रधानमन्त्री नबनाउनसमेत प्रतिबद्धतापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।