काठमाडौं- नेपाली कांग्रेसले ३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनमा जसपा नेता रामसहाय यादवको पक्षमा मत दिने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सतारुढ दलहरुको तर्फबाट उपराष्ट्रपति पदमा जसपा नेता यादव साझा उम्मेदवार रहेको भन्दै उनको पक्षमा मतदान गर्न पार्टीका संघीय र प्रादेशिक संसदहरुलाई मत दिन पनि निर्देशन दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
सतारुढ गठबन्धनबाटै दुई जनाको उम्मेदवारी परेपछि नेपाली कांग्रेसले कसलाई समर्थन गर्छ भन्ने चासो चौतर्फी थियो। सतारुढ गठबन्धनमै रहेका जनमत पार्टीले समेत उपराष्ट्रपति पदमा ममता झाको उम्मेदवारी दिएका छन्।
बैठकले वैशाख १० गते हुने चितवन २ मा पार्टीका तर्फबाट सम्भावित उम्मेदवारहरु सफारिस गर्न गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।