काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्। गत बिहीबार निर्वाचित भएका पौडेललाई चीनको तर्फबाट राष्ट्रपति सीले बधाई तथा शुभकामना सन्देश पठाएका छन्।
सीले पठाएको बधाई तथा शुभकामना सन्देश चिनियाँ दूतावासले सामाजिक सञ्जाल ट्विटरमा राखेको छ। सन्देशमा सीले हिमाल र नदीमार्फत् जोडिएका नेपाल र चीनबीच सन् १९५५ पछि कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रहँदै आएको र एउटा सानो तथा अर्को ठूलो मुलुकबीच शान्तिपूर्ण सहअस्तित्वको असल उदाहरण भएको उल्लेख गरेका छन्।
सीले दुई देशबीचको सम्बन्ध विकासमा महत्व दिँदै समकक्षी पौडेलसँग परम्परगात द्विपक्षीय सम्बन्ध र राजनीतिक विश्वास लाई कायम राख्न विश्वास व्यक्त गरेका छन्।
साथै, बीआरआईमा सहकार्य, सांस्कृतिक विस्तार, नागरिकस्तरको सम्बन्ध आदानप्रदान र दुवै मुलुकको विकास र समृद्धिका लागि रणनीतिक साझेदारी समेत कायम राख्नु पर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।