• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बालाजु लुटपाट घटना: पक्राउ परेका १८ मध्ये ३ जनालाई मात्र थुनामा राख्न आदेश

८ करोड मागदाबी गरिएका व्यक्ति १५ हजार धरौटीमा रिहा
64x64
नेपाल लाइभ मंगलबार, फागुन ३०, २०७९  १३:४४
1140x725
मोबाइल पसल लुटपाट हुँदाको सीसीटीभी दृश्य।

काठमाडौं– गत फागुन १ गते काठमाडौंको बालाजु नयाँ बसपार्कस्थित लोत्से मलका मोबाइल पसलमा भएको लुटपाट घटनामा पक्राउ परेका १८ जनामध्ये अदालतले ३ जनालाई मात्रै थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको सोमबारको इजलासले पक्राउ परेकामध्ये ३ जनालाई मात्रै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 

अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१ का चिरनप्रसाद रेग्मी, काठमाडौं महानगरपालिका–१६ का रवि तामाङ र काठमाडौं महानगरपालिका–२६ का नवीन खड्गी रहेका छन्। उनीहरुलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ। 

त्यसैगरी बाँकी रहेका १५ जना मध्ये ११ जनासँग धरौटी माग गरिएको छ भने २ जनालाई साधारण तारेख र २ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिइएको छ।

काठमाडौंको तारकेश्वर–१३ का सरोज पौडेल, रुपन्देहीको सैनामैना नगरपालिका–६ का कमल भनिने कैलाश कार्कीलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको छ। कार्की धरौटी तिरेर रिहा भएका छन् भने पौडेल भने धरौटी तिर्न नसकी थुनामा गएका छन्। 

काठमाडौं महानगरपालिका–१६ का सुवास अधिकारीसँग ३० हजार धरौटी माग गरिएको थियो। उनी पनि धरौटी बुझाएर रिहा भएका छन्। 

काठमाडौंको तारकेश्वर–५ का डिले गुरुङ, काठमाडौं महानगरपालिका–२६ का विशाल पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिका–३ का कृष्ण भनिने ईश्वर श्रेष्ठ र भोजपुरको षडानन्द नगरपालिका–९ का दिलकुमार राईलाई २० हजार धरौटी लिएर रिहा गर्न न्यायाधीश पराजुलीको इजलासले आदेश दिएको थियो। 

पौडेल भने धरौटी तिर्न नसकेर थुनामा भएका छन् बाँकी २० हजार धरौटी बुझाएर रिहा भएका छन्। 

काठमाडौं–२६ का सुजन खत्री, काठमाडौं महानगरपालिका–१६ का सुजन तामाङ, काठमाडौंको शंखरापुर नगरपालिका–७ का रोजन डंगोल र काठमाडौं तारकेश्वर नगरपालिका–११ का यमन राईलाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भए पनि धरौटी बुझाउन नसकेपछि उनीहरुलाई थुनामा पठाइएको छ। 

nimb
nimb

काठमाडौं महानगरपालिका–२६ का कृष्ण श्रीवास्तव र सोही ठाउँका रितेश बस्नेत साधारण तारेकमा रिहा भएका छन्। दुई नाबालकलाई भने उनीहरुको अभिभावकको जिम्मा लगाएर छाडिएको छ। 

नयाँ बसपार्कस्थित लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एबीसीडी मोबाइल प्रालि र डायमन्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालि तोडफोड गरी लुटपाट भएको थियो।  

यो पनि पढ्नुहोस

बालाजु घटनामा कहाँ चुक्यो प्रहरी ?

चालिसेले ८ करोड ३९ लाख ८१ हजार ९२५ रुपैयाँ लुटपाट भएको दाबी गरेका छन्। यस्तै, न्यौपानेले १ लाख २६ हजार ३३० रुपैयाँ लुटपाट भएको दाबी गर्दै प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए। पक्राउ परेकाहरुबाट बरामद भएको मोबाइल तथा सरसामानहरु भने जम्मा २ लाख ७८ हजार रुपैयाँ बराबरका थिए। 

करिब ९ करोड रुपैयाँ दाबी गर्दै उजुरी परे पनि सो बराबरको धनमाल लुटपाट भएको प्रमाण नै जाहेरीकर्ताहरुले जुटाउन सकेका थिएनन्। प्रमाणबिना करोडौंको लुटपाट भएको दाबी गर्दै उजुरी दिएपछि पक्राउ परेकाहरु साधारण तारेख तथा थोरै धरौटीमा रिहा भएका छन्। 

ट्राफिक प्रहरीले बढाएको जरिवाना घटाउनुपर्नेलगायत विभिन्न माग राख्दै यातायात मजदुर संगठनहले आन्दोनल गरेका थिए। सो क्रममा आन्दोलन भड्किदा लुटपाट, तोडफोड र आजगनी समेत भएको थियो। लुटपाटमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। 

अनुसन्धानका क्रममा भने उजुरीकर्ताले दाबी गरेजस्तो करोडौको लुटपाट भने नभएको पाइएको थियो। लुटपाटका प्रमाण समेत मोबाइल पसल सञ्चालकले जुटाउन सेकका थिएनन्। जसकारण ८ करोड भन्दा बढी माग दाबी गरिएका व्यक्तिहरु, १५ हजारदेखि ५० हजारसम्म धरौटी बुझाएर रिहा हुने भएका छन्। 

यो पनि पढ्नुहोस

दाबी ८ करोडको लुटपाट, प्रमाण ८ वटा मोबाइल, व्यवसायी नै शंकाको घेरामा 

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो। तर दाबी गरिएजस्तो ८ करोड भन्दा बढी लुटिएको कुनै प्रमाण नभएपछि अधिकांश धरौटी तथा सामान्य तारेखमा रिहा भएका हुन्। 

८ करोड भन्दा बढी मागदाबी गरेपछि प्रहरीले कर कार्यालयलाई पत्राचार गरेर मोबाइलको विवरण माग गरेको थियो। ८/१० महिनाअघि ल्याइएका मोबाइलहरूको समेत विवरण व्यवसायीले प्रहरीमा पेस गरेपछि त्यसको यथार्थ विवरणका लागि कर कार्यालयलाई पत्राचार गरिएको थियो। तर कर कार्यालयले समेत करोडौं मोबाइल भएको विवरण प्राप्त नभएको जानकारी दिएको थियो। 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बिहीबार, भदौ ११, २०८३
५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल बिहीबार, भदौ ११, २०८३
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्