• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बालाजु घटनामा ट्विस्ट :

दाबी ८ करोडको लुटपाट, प्रमाण ८ वटा मोबाइल, व्यवसायी नै शंकाको घेरामा 

64x64
नारायण अधिकारी सोमबार, फागुन १५, २०७९  १६:१३
1140x725
मोबाइल पसल लुटपाट हुँदाको सीसीटीभी दृश्य।

काठमाडौं– फागुन १ गते बालाजुमा भएको मोबाइल पसल लुटपाट घटनामा नयाँ ट्विस्ट आएको छ। यातायात मजदुरहरूले विभिन्न माग राखेर गरेको आन्दोलन भड्किएपछि तोडफोड र आगजनीका साथै मोबाइल पसल नै लुटपाट भएको थियो।

नयाँ बसपार्कस्थित लोत्से महलमा भएका दुई वटा पसलहरू तोडफोड गर्दै लुटपाट भएको थियो। मोबाइल पसल लुटिएका भिडियो नै सार्वजनिक भएपछि प्रहरीले सोही भिडियोका आधारमा व्यक्ति पहिचान गर्दै पक्राउ गरिरहेको छ।

अहिलेसम्म मोबाइल पसल लुटपाट भएको घटनामा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए। 

उनका अनुसार पक्राउ परेका सबै जनालाई प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान अघि बढाइएको छ। यस घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको हुनसक्ने भन्दै खोजी कार्यसमेत जारी राखिएको एसपी रिजालले बताए।

लुटपाट भएको भोलिपल्ट फागुन २ गते पत्रकार सम्मलेन गर्दै करिब १० करोड रुपैयाँ बराबरको लुटपाट भएको दाबी गरिएको थियो। मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले ८ देखि १० करोड रुपैयाँसम्मको लुटपाट भएको दाबी गर्दै सरकारले ४८ घन्टाभित्र मोबाइल व्यवसायीका माग सम्बोधन गर्नुपर्ने बताएका थिए। मोबाइल व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने समेत भट्टराईले बताएका थिए।

घटनालगत्तै प्रहरीले मुचुल्का उठाएर अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। अनुसन्धानको क्रममा अहिलेसम्म १७ जना पक्राउ परिसकेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।

लुटपाटमा संलग्नहरू पक्राउ परेसँगै प्रहरीमा जाहेरीसमेत दिन मोबाइल व्यवसायीहरू गएका थिए। दुई वटा मोबाइल पसलबाट चार/चार करोड गरी ८ करोड रुपैयाँ बराबरको मोबाइल तथा सरसामानहरू लुटिएको दाबी व्यवसायीले गरेका थिए।

८ करोड लुटिएको दाबी गर्दै उजुरी दिन गए पनि ८ करोड लुटिएको पुष्टि हुने खालको आधार तथा प्रमाणहरू नभएको भन्दै प्रहरीले उक्त जाहेरी दर्ता गरेको छैन। करोडौंको समान लुटिएको दाबी गरे पनि प्रमाणहरू भने जुटाउन नसक्दा अहिले घटनामा नयाँ ट्विस्ट आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

दाबी ८ करोडको, प्रमाण ८ वटा मोबाइलको
दुई वटा पसलबाट ८ करोड रुपैयाँ बराबरका मोबाइल तथा सामानहरू लुटिएको दाबी गरे पनि अहिलेसम्म ८ वटा मोबाइलकोभन्दा बढी प्रमाण व्यवसायीले जुटाउन सकेका छैनन्। लुटिएको भनिएका मोबालहरूले आईएमईआई नम्बर उपलब्ध गराउन प्रहरीले व्यवसायीलाई भनेको थियो।

आईएमईआई नम्बर उपलब्ध भएपछि अनुसन्धान गर्न सहज हुने भन्दै माग गरिएकोमा अहिलेसम्म ८ वटाभन्दा बढी मोबाइलको आईएमईआई नम्बर उपलब्ध नभएको प्रहरी स्रोतले नेपाल लाइभलाई बतायो।

‘उहाँहरूले करोडौंको लुटपाट भएको दाबी गर्नुभएको छ। तर प्रमाण भने ८ वटा मोबाइलकोभन्दा बढी उपलब्ध गराउन सक्नुभएको छैन’ प्रहरी उच्च स्रोतले नेपाल लाइभसँग भन्यो, ‘किन उपलब्ध गराउन सक्नुभएन भन्ने प्रश्नको जवाफ पनि अब प्रहरीले खोज्नुपर्ने भएको छ।’

लुटिएका समानहरूको विवरण तथा प्रमाण उपलब्ध गराउन नसकेपछि ती सामानहरू भन्सार छलि गरेर ल्याएर बेचिएकोसमेत हुनसक्ने आशंका गरिएको छ। लुटिएका समानहरूको प्रमाण व्यवसायीले दिन नसक्नुको पछाडि कर छलेर ल्याएर बेचिएको हुनसक्ने देखिएपछि त्यसतर्फसमेत अनुसन्धान अघि बढाइएको छ।

अर्कोतर्फ बसपार्क क्षेत्र र लुटिएका भनिएका पसलहरूमा समेत महंगा ब्राण्डका मोबाइलहरूको बिक्री शून्य प्रायः हुने गरेकोसमेत अनुसन्धानबाट देखिएकाले व्यवसायीले दाबी गरेको मूल्यको लुटपाट नै नभएको प्रहरीको निष्कर्ष छ।

व्यवसायीले झुटो दाबी गरेपछि कर कार्यालयलाई प्रहरीको पत्र
सीसीटीभी फुटेजमा देखिएको दृश्य, बसपार्क तथा लुटिएका पसलहरूमा बिक्री हुने मोबाइलहरूको ब्राण्ड र अन्य विविधि कोणका आधारमा विश्लेषण गर्दा दाबी गरिएकोभन्दा एकदमै न्यून रकमको मोबाइल तथा समानहरू लुटपाट भएको प्रहरीको निष्कर्ष छ।

तर व्यवसायीले भने ८ करोडको लुटपाट भएको दाबी गरेपछि प्रहरीले कर कार्यालयलाई पत्राचार गरेर मोबाइलको विवरण माग गरेको छ। ८/१० महिनाअघि ल्याइएका मोबाइलहरूकोसमेत विवरण व्यवसायीले प्रहरीमा पेस गरेपछि त्यसको यथार्थ विवरणका लागि कर कार्यालयलाई पत्राचार गरिएको प्रहरी स्रोतले बतायो।

‘उहाँहरूले ८/१० महिना अघिका विवरणहरू पनि पेस गर्नु भएको छ। त्यतिखेर ल्याइएका मोबाइलहरूमध्ये कति बिक्री भए कति बाँकी छन् भन्ने कर कार्यालयसँग विवरण हुन्छ। त्यसका लागि हामीले कर कार्यालयलाई पत्राचार गरेका छौं’, एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने।

तर प्रहरीले पत्राचार गर्दै माग गरेको उक्त विवरण कर कार्यालयले अहिलेसम्म उपलश्ध गराएको छैन। जसकारण यत्ति नै मोबाइल लुटियो भन्ने प्रमाण अहिले नै नखुले पनि प्रहरीले बढीमा ४०/५० थानभन्दा बढी मोबाइल नलुटिएको दाबी गरेको छ। ती मध्ये अहिलेसम्म २५ वटा मोबाइल बरामद भएका छन्। तर व्यवसायीले भने ८ वटाभन्दा मोबाइलको आईएमईआई नम्बर नै उपलब्ध गराउन सकेका छैनन्।

आगजनी गर्ने ३५ जना पक्राउ
आन्दोलन भड्किएपछि एउटा समूहले प्रहरीको गाडी नै जलाएको थियो। माछापोखरीमा रोकिराखेका प्रहरीका प्रहरीका दुईवटा भ्यान पल्टाएर जलाइएको थियो। प्रहरीको भ्यान जलाएको भिडियो पनि बाहिरिएको थियो।

त्यहीको भिडियोको सहयोगमा आगजनीमा संलग्न भएको आरोपमा अहिलेसम्म ३५ जना पक्राउ परेको एसपी रिजालले बताए। उनीहरूमध्ये अधिकांशलाई प्रहरीले आगजनी गर्दाकै हुलियाको अवस्थामा पक्राउ परेको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान अघि बढाइएको छ।

उक्त आगजनी तथा तोडफोडमा ४१ प्रहरीसमेत घाइते भएका थिए। प्रहरी वृत्त बालाजुका डीएसपी रवीन विष्टको कमाण्ड कमजोर भएको भन्दै जिम्मेवारीविहीन बनाइएको थियो।

डीआईजी मसाउद आलम खाँको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन सुरु गरिएको थियो। उक्त समितिले प्रहरी वृत्त बालाजुका डीएसपी विष्ट र सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाहीका लागि सिफारिससमेत गरेको थियो।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्