• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बालाजु घटनामा कहाँ चुक्यो प्रहरी ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २, २०७९  १५:४०
1140x725

काठमाडौं– जरिवाना, लाइसेन्स निलम्बन तथा खारेजीलगायतका ट्राफिक नियमको विरोधसहित विभिन्न १० बुँदे माग राख्दै यातायात व्यवसायी तथा मजदुरहरु आन्दोलित थिए।

गत माघ १७ गते नै लिखित रुपमै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई उनीहरुले १० बुँदे माग बुझाएका थिए। 

ट्राफिक प्रहरीले गर्ने व्यवहार, एक्कासी मनपरी बढाइएको जरिवानालगायतको विषयमा कुरा उठाउँदै यसअघि उनीहरुले पुस १७ गते उपत्यका ट्राफिक प्रहरी कार्यालय, १८ गते यातायात व्यवस्था विभाग, १९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र माघ ६ गते गृह मन्त्रालयमा ज्ञापनपत्र नै बुझाएका थिए। ज्ञापनपत्र बुझाएको डेढ महिना बितिसक्दा समेत माग सम्बोधनको कुनै प्रक्रिया अघि नबढेको भन्दै उनीहरुले सोमबार नयाँ बसपार्कमा विरोध सभाको कार्यक्रम राखेका थिए। 

तर नयाँ बसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीले मजदुरलाई रोकेपछि उनीहरु आक्रोशित भएका थिए। त्यसपछि भड्किएको मजदुरको आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो। यी सबै घटनाहरु हुँदा प्रहरी भने निरिह भएको देखिन्छ। 

कसरी भयो आगजनी र लुटपाट?
विरोध सभा हुने भएपछि झण्डासहित मजदुर नयाँ बसपार्क पुगेका थिए। लोत्सेले कार्यक्रम गर्न नदिने भएपछि त्यहाँ भएको विवाद साम्य पार्न प्रहरी वृत्त बालाजुको टोली पुगेको थियो। उक्त भिडलाई साम्य पार्ने तयारी भइरहेको थियो। मजदुरहरु पनि ‘कन्भिस’ हुने अवस्था भइसकेको थियो। तर त्यहाँबाट बाहिरिएको अर्को भिड भने माछापोखरीमा रोकिराखेको प्रहरीको भ्यान अगाडि पुगिसकेको थियो। उक्त उग्र भिडले प्रहरीको गाडी लडाउँदै आगजनी गरेको जिल्ला प्रहरी परिसर काठामाडौं एक प्रहरी अधिकृतले बताए। 

‘अब वार्ता भयो, कुरा मिल्यो भन्ने पक्षमा प्रहरी थियो। तर अर्को भिडले आक्रमण गर्‍यो। उक्त ठाउँमा तत्काल प्रहरी पुग्न सक्ने अवस्था पनि थिएन। जाम भएकाले प्रहरीका दुई वटा गाडी त्यहीँ फसे। त्यही मौकामा आगजनी र आक्रमण भयो,’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो। 

प्रहरीका भ्यानमा आक्रमण हुँदा उक्त भ्यानका चालक समेत गाडीमै थिए। अर्का एक प्रहरी पनि भ्यानको पछाडि बसेका थिए। ठूलो भिडले एकै पटक आक्रमण गर्न थालेपछि उनीहरुले भागेर ज्यान जोगाएका थिए। 

एउटा टोली प्रहरीसँगै वार्तामा रहँदा अर्को समूहले प्रहरीकै भ्यान जलाइसकेको थियो भने अर्को एउटा समूहले लोत्से भवन नै तोडफोड गर्दै लुटपाट मच्चाइरहेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं महानगरपालिकासँग भाडामा लिएर बसपार्क क्षेत्रमा व्यवसाय गरिहरेको लोत्से बहुउद्देश्यीय प्रालिका कर्मचारी तथा सुरक्षा गार्डले कार्यक्रम गर्न नदिँदै मजदुरमाथि नै आक्रमण गरेपछि तोडफोड भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

तोडफोड गर्दै उनीहरुले मोबाइल पसलमा लुटपाट समेत मच्चाएका थिए। तोडफोड गरेर लुटपाट मच्चाउँदा समेत प्रहरी उक्त घटनामा समेत निरिह भएको देखिन्छ। मोबाइल व्यवसायी महासंघले करिब १० करोड बराबरको मोबाइल लुटपाट भएको बताएको छ। 

यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सिताराम रिजालले लुटपाट घटनाको अनुसन्धान सुरु गरिसकेको बताएका छन्। 

निरन्तर आलोचित प्रहरी
सर्वोच्च अदालतको फैसलापछि तत्कालीन गृहमन्त्री रवि लामिछाने गत माघ १३ गते पदमुक्त भएका थिए। त्यसयता मन्त्रीविहिन बनेको छ गृह मन्त्रालय। मुलुकको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको निकै संवेदनशील मन्त्रालय अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ। मन्त्रीविहीन बनेको मन्त्रालय मातहत रहेको प्रहरी संगठन भने यतिबेला निरन्तर आलोचित बन्दै गइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला हिँडेको भन्दै वीर अस्पतालका डाक्टरलाई नै कुटेर प्रहरी आलोचित भएको थियो। डाक्टरको टाउकामा लाठी बजारेपछि देशभरकै चिकित्सक आन्दोलनमा उत्रने अवस्था आएको थियो। 

पछि प्रहरीले माफी माग्दै डाक्टर कुट्ने हवल्दारलाई निलम्बन गरेपछि घटना सामसुम भएको थियो। तर त्यसको एक साता बित्न नपाउँदै फेरि फिलतो सुरक्षा व्यवस्थाका कारण प्रहरी आलोचित बन्न पुगेको छ। संघीय राजधानीमै प्रहरीकै दुई–दुई वटा गाडीमा आगजनी हुँदा प्रहरी निरिह बनेको छ। आफ्नै मालसमानको समेत सुरक्षा गर्न नसक्ने प्रहरीले कसरी नागरिकको सुरक्षा गर्छ? भन्ने प्रश्न समेत तेर्सिएको छ। 

४१ प्रहरी घाइते
सोमबारको उक्त घटनामा प्रहरी यतिसम्म निरिह देखियो कि प्रहरी कर्मचारीले आफ्नै गाडी जलेको ‘आगो तापेर’ बस्नुपर्ने अवस्था बन्यो। उक्त घटनामा ४१ जना प्रहरी घाइते भएका छन्। 

घाइते प्रहरी कर्मचारीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १ जना महिला नगर प्रहरी त सोमबारसम्म बोल्न सक्ने अवस्थामा थिइनन्। अहिले उनी खतरामुक्त भइसकेकी छिन्।

प्रहरी नै घाइते, आफ्नै गाडी समेत आन्दोलनकारीले लजाएपछि प्रहरी वृत्त बालाजुका डीएसपी रवीन विष्टको भने जिम्मेवारी समेत खोसिएको छ। 

विष्टलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको एसपी रिजालले बताए।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्