• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बालाजु घटनामा कहाँ चुक्यो प्रहरी ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २, २०७९  १५:४०
1140x725

काठमाडौं– जरिवाना, लाइसेन्स निलम्बन तथा खारेजीलगायतका ट्राफिक नियमको विरोधसहित विभिन्न १० बुँदे माग राख्दै यातायात व्यवसायी तथा मजदुरहरु आन्दोलित थिए।

गत माघ १७ गते नै लिखित रुपमै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई उनीहरुले १० बुँदे माग बुझाएका थिए। 

ट्राफिक प्रहरीले गर्ने व्यवहार, एक्कासी मनपरी बढाइएको जरिवानालगायतको विषयमा कुरा उठाउँदै यसअघि उनीहरुले पुस १७ गते उपत्यका ट्राफिक प्रहरी कार्यालय, १८ गते यातायात व्यवस्था विभाग, १९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र माघ ६ गते गृह मन्त्रालयमा ज्ञापनपत्र नै बुझाएका थिए। ज्ञापनपत्र बुझाएको डेढ महिना बितिसक्दा समेत माग सम्बोधनको कुनै प्रक्रिया अघि नबढेको भन्दै उनीहरुले सोमबार नयाँ बसपार्कमा विरोध सभाको कार्यक्रम राखेका थिए। 

तर नयाँ बसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीले मजदुरलाई रोकेपछि उनीहरु आक्रोशित भएका थिए। त्यसपछि भड्किएको मजदुरको आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो। यी सबै घटनाहरु हुँदा प्रहरी भने निरिह भएको देखिन्छ। 

कसरी भयो आगजनी र लुटपाट?
विरोध सभा हुने भएपछि झण्डासहित मजदुर नयाँ बसपार्क पुगेका थिए। लोत्सेले कार्यक्रम गर्न नदिने भएपछि त्यहाँ भएको विवाद साम्य पार्न प्रहरी वृत्त बालाजुको टोली पुगेको थियो। उक्त भिडलाई साम्य पार्ने तयारी भइरहेको थियो। मजदुरहरु पनि ‘कन्भिस’ हुने अवस्था भइसकेको थियो। तर त्यहाँबाट बाहिरिएको अर्को भिड भने माछापोखरीमा रोकिराखेको प्रहरीको भ्यान अगाडि पुगिसकेको थियो। उक्त उग्र भिडले प्रहरीको गाडी लडाउँदै आगजनी गरेको जिल्ला प्रहरी परिसर काठामाडौं एक प्रहरी अधिकृतले बताए। 

‘अब वार्ता भयो, कुरा मिल्यो भन्ने पक्षमा प्रहरी थियो। तर अर्को भिडले आक्रमण गर्‍यो। उक्त ठाउँमा तत्काल प्रहरी पुग्न सक्ने अवस्था पनि थिएन। जाम भएकाले प्रहरीका दुई वटा गाडी त्यहीँ फसे। त्यही मौकामा आगजनी र आक्रमण भयो,’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो। 

प्रहरीका भ्यानमा आक्रमण हुँदा उक्त भ्यानका चालक समेत गाडीमै थिए। अर्का एक प्रहरी पनि भ्यानको पछाडि बसेका थिए। ठूलो भिडले एकै पटक आक्रमण गर्न थालेपछि उनीहरुले भागेर ज्यान जोगाएका थिए। 

एउटा टोली प्रहरीसँगै वार्तामा रहँदा अर्को समूहले प्रहरीकै भ्यान जलाइसकेको थियो भने अर्को एउटा समूहले लोत्से भवन नै तोडफोड गर्दै लुटपाट मच्चाइरहेको थियो। 

nimb
nimb

काठमाडौं महानगरपालिकासँग भाडामा लिएर बसपार्क क्षेत्रमा व्यवसाय गरिहरेको लोत्से बहुउद्देश्यीय प्रालिका कर्मचारी तथा सुरक्षा गार्डले कार्यक्रम गर्न नदिँदै मजदुरमाथि नै आक्रमण गरेपछि तोडफोड भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

तोडफोड गर्दै उनीहरुले मोबाइल पसलमा लुटपाट समेत मच्चाएका थिए। तोडफोड गरेर लुटपाट मच्चाउँदा समेत प्रहरी उक्त घटनामा समेत निरिह भएको देखिन्छ। मोबाइल व्यवसायी महासंघले करिब १० करोड बराबरको मोबाइल लुटपाट भएको बताएको छ। 

यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सिताराम रिजालले लुटपाट घटनाको अनुसन्धान सुरु गरिसकेको बताएका छन्। 

निरन्तर आलोचित प्रहरी
सर्वोच्च अदालतको फैसलापछि तत्कालीन गृहमन्त्री रवि लामिछाने गत माघ १३ गते पदमुक्त भएका थिए। त्यसयता मन्त्रीविहिन बनेको छ गृह मन्त्रालय। मुलुकको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको निकै संवेदनशील मन्त्रालय अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ। मन्त्रीविहीन बनेको मन्त्रालय मातहत रहेको प्रहरी संगठन भने यतिबेला निरन्तर आलोचित बन्दै गइरहेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला हिँडेको भन्दै वीर अस्पतालका डाक्टरलाई नै कुटेर प्रहरी आलोचित भएको थियो। डाक्टरको टाउकामा लाठी बजारेपछि देशभरकै चिकित्सक आन्दोलनमा उत्रने अवस्था आएको थियो। 

पछि प्रहरीले माफी माग्दै डाक्टर कुट्ने हवल्दारलाई निलम्बन गरेपछि घटना सामसुम भएको थियो। तर त्यसको एक साता बित्न नपाउँदै फेरि फिलतो सुरक्षा व्यवस्थाका कारण प्रहरी आलोचित बन्न पुगेको छ। संघीय राजधानीमै प्रहरीकै दुई–दुई वटा गाडीमा आगजनी हुँदा प्रहरी निरिह बनेको छ। आफ्नै मालसमानको समेत सुरक्षा गर्न नसक्ने प्रहरीले कसरी नागरिकको सुरक्षा गर्छ? भन्ने प्रश्न समेत तेर्सिएको छ। 

४१ प्रहरी घाइते
सोमबारको उक्त घटनामा प्रहरी यतिसम्म निरिह देखियो कि प्रहरी कर्मचारीले आफ्नै गाडी जलेको ‘आगो तापेर’ बस्नुपर्ने अवस्था बन्यो। उक्त घटनामा ४१ जना प्रहरी घाइते भएका छन्। 

घाइते प्रहरी कर्मचारीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १ जना महिला नगर प्रहरी त सोमबारसम्म बोल्न सक्ने अवस्थामा थिइनन्। अहिले उनी खतरामुक्त भइसकेकी छिन्।

प्रहरी नै घाइते, आफ्नै गाडी समेत आन्दोलनकारीले लजाएपछि प्रहरी वृत्त बालाजुका डीएसपी रवीन विष्टको भने जिम्मेवारी समेत खोसिएको छ। 

विष्टलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको एसपी रिजालले बताए।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्