काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति लक्षित गर्दै मानवअधिकार हननको कुरा उठाउने वित्तिकै हतियारको धम्की दिने गरेको आरोप लगाएका छन्।
राजधानीमा मंगलबार आयोजित मानवअधिकार सम्बन्धी कार्यक्रमा बोल्दै उनले उनीहरुले गरेको द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका विषयमा कसैले कुरा उठाएमा यस्तो धम्की दिने गरेको दाबी गरे।
‘नेपालको राजनीतिको एउटा पक्ष यस्तो छ, जसले आफूले भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ,’ उनले भने, ‘हामीले उल्लंघन गरेको मानवअधिकारको पनि कुरा गर्ने? भन्दै धम्क्याउँछन्।’
उनले मानव अधिकारको पहिलो कुरा गर्ने व्यक्ति गंगालाल भएको दाबी गरे। उनले शहिद गंगालालले मानवअधिकारका विषयमा प्रवचन दिएको तर त्यसको रेकर्ड नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।