काठमाडौं– निर्वाचन अधिकृतको राजीनामा माग गर्दै रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थी संगठनहरुले विरोध गरेका छन्।
मंगलबार क्याम्पसको मुल गेट र क्याम्पस परिसरमा विद्यार्थी संगठनहरु विभिन्न मागसहितको कालो ब्यानर राखेर विरोधमा उत्रिएका छन्।
अनेरास्ववियू, नेविसंघ, अखिल(क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी विप्लव, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ लगायका विद्यार्थी संगठनले प्रशासन र निर्वाचन अधिकृतले अराजक शैली अपनाएको भन्दै संयुक्त रुपमा विरोधमा उत्रिएका हुन्।
उनीहरूले फर्जी तथा अवैधानिक मतदाता नामावली खारेज गर्नुपर्ने, निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, मतदाता नामावलीउपर निष्पक्ष छानबिन गरी वास्तविक मतदाता सूची सार्वजनिक गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन्। विद्यार्थी संगठनको विरोधका कारण आरआर क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।