काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन्।
सोमबार नेपाल नगरपालिका संघको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेकोमा आफू खुसी भएको बताए।
उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका संवैधानिक पदहरूमा फरकफरक राजनीतिक दलहरूको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुसी र गर्वको महशुस गराएको बताए।
‘संवैधानिक पदहरूमा यसरी राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ देखिन्छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको छ। अब विकास, समृद्धि र आवश्यक ऐनहरू निर्माणको प्रक्रियामा जानुपर्ने कार्यभार छ।’
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहलाई संविधानमा संघीय सरकारको इकाइको रुपमा नहेरी स्थानिय सरकारको रुपमा परिभाषित गरिएको बताए। पछिल्लो समय प्रदेश र स्थानीय तहलाई अधिकार दिनु हुँदैन भन्ने बिचार हाबी हुन लागेको भन्दै उनले प्रदेश र स्थानीय तहको काम छैन भन्नु राजनीतिक अनैतिकता भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।