काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई दिएकी छन्।
सोमबार शपथ लिएर शीतल निवासको जिम्मेवारी सम्हालेपछि समकक्षी राष्ट्रपति मुर्मूले शुभकामना दिएकी हुन्। छिमेकी भारतले औपचारिक रुपमा पहिलो बधाई दिएको छ।
‘नेपालको नयाँ राष्ट्रपतिका रूपमा तपाईं चुनिनु भएकोमा भारतका जनता र सरकार तथा मेरोतर्फबाट पनि बधाई’, राष्ट्रपति मुर्मूको सन्देशमा भनिएको छ।
निकट र मैत्रीपूर्ण सम्बन्ध रहेका छिमेकीका रुपमा भारत र नेपालले सौहार्दपूर्ण तथा बहुआयामिक सम्बन्ध राख्दै आएको उनले बताएकी छन्।
उनले नेपाल र भारतकाबीचमा गहिरो सभ्यता, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्धका विशेषता रहेको उल्लेख गरेकी छन्।
राष्ट्रपति मुर्मूले पछिल्ला केही वर्षदेखि नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति भएको पनि उल्लेख गरेकी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।