• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

निर्देशक राजामौली : २२ वर्षमा १२ हिट फिल्म, ४ सुपरस्टारको उदय

64x64
नेपाल लाइभ मंगलबार, फागुन ३०, २०७९  १२:४७
1140x725

काठमाडौं– चलचित्र ‘आरआरआर’को ‘नाटु नाटु’ गीतले ओस्कर अवार्ड जितेको छ।

‘आरआरआर’ निर्देशक एस.एस. राजामौलीको १२ औं फिल्म हो। राजामौली एक मात्र निर्देशक हुन् जसका सबै फिल्म हिट भएका छन्। सन् २००१मा ‘स्टुडेन्ट नम्बर १’ देखि ‘आरआरआर’सम्म  राजामौलीले आफ्नो फिल्मका लागि हरेक पटक नयाँ विषय रोजे। फिल्महरू हिट मात्र भएनन्, साउथ फिल्म इन्डस्ट्रीले यी फिल्महरूबाट धेरै सुपरस्टार पनि पाएको छ। 

जसमा जुनियर एनटीआर, रामचरण तेजा, रवि तेजा र नितिन जस्ता ४ सुपरस्टार पर्छन्। राजामौलीले टेलिभिजन शोहरू निर्देशन गरेर आफ्नो करिअर सुरु गरे। त्यसपछि उनले मगधीरा, ईगा, बाहुबली: द बिगिनिंग, बाहुबली: द कन्क्लुजन जस्ता सबैभन्दा धेरै कमाउने फिल्महरू दिए।

राजामौलीको टिभीदेखि शीर्ष निर्देशक यात्रा 
एसएस राजामौलीका बुवा केवी विजयेन्द्र प्रसाद एक भारतीय पटकथा लेखक र निर्देशक हुन्। जसले धेरै हिन्दी, तमिल, तेलुगु भाषाका फिल्महरूको कथा लेखेका छन्। १९९८ देखि, विजयेन्द्र प्रसादले बाहुबली श्रृंखला, बजरंगी भाइजान, मणिकर्णिका, थलाइवी, मगधीरा र आरआरआरसहित २० भन्दा बढी ब्लकबस्टर फिल्महरू लेखे। 

राजामौलीले सहायक निर्देशकको रुपमा आफ्नो करियर सुरु गरेका थिए। उनलाई तेलुगु टिभी कार्यक्रम निर्देशन गर्ने अवसर प्राप्त भयो। सुरुमा, राजामौलीले राघवेन्द्र रावसँग तेलुगु ड्रामा शृंखला ‘शान्ति निवासन’ निर्देशन गरेका थिए।

पहिलो फिल्मको कमाइ 
राजामौलीले सन् २००१ मा तेलुगु फिल्म उद्योगमा प्रवेश गरेका थिए। उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘स्टुडेन्ट नम्बर १’ थियो, जसमा जुनियर एनटीआर मुख्य नायक थिए।

१.८० करोडको बजेटमा बनेको फिल्मले १२.०९ करोड कमाएको थियो। यो फिल्म राघवेन्द्र रावले निर्माण गरेका हुन्। राजामौलीद्वारा निर्देशित यो फिल्म जुनियर एनटीआरको पहिलो सुपरहिट फिल्म थियो। दुई वर्षपछि, राजामौली र जूनियर एनटीआरले सिंहाद्री (२००३) को लागि हात मिलाए। यो फिल्म पनि हिट साबित भयो।

दुई वर्षको अन्तरालमा, राजामौलीले आफ्नो मनपर्ने नायक मलयालम स्टार मोहनलालसँग पहिलो पौराणिक फिल्मको तयारी सुरु गरे, तर केही कारणले यो फिल्म बन्न सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

निर्देशकको तेस्रो फिल्म साई (२००४) थियो। , जसमा नितिन र जेनेलिया डिसुजा मुख्य भूमिकामा थिए। टलिउडको इतिहासमा रग्बीमाथि फिल्म बनेको यो पहिलोपटक हो। ८ करोडको बजेटमा बनेको यो फिल्म राजामौलीको करिअरको सबैभन्दा महंगो फिल्म थियो। फिल्मले १३ करोडको व्यापार गरेको थियो । फिल्मले ४ वटा नन्दी अवार्ड पाएको थियो।

‘मगधीरा’ हजार दिनसम्म हलमा चल्यो
२००६ को फिल्म ‘विक्रमार्कुडु’ राजामौलीको करिअरको टर्निङ प्वाइन्ट साबित भयो। रवि तेजा अभिनित यो फिल्म कन्नड, तमिल र हिन्दी भाषामा (राउडी राठोड) रिमेक गरिएको थियो।

सन् २००९ मा आएको फिल्म ‘मगधीरा’ले राजामौलीलाई साउथ इन्डस्ट्री बाहेक देशभर पहिचान दिलायो। काजल अग्रवाल, रामचरण स्टारर यो फिल्म ३५ करोडको ठूलो बजेटमा बनेको थियो, जसले बक्स अफिसमा १ सय ५० करोडको कलेक्सन गरेको थियो। एक हजार दिनसम्म हलमा चलेको यो फिल्मले सबैभन्दा लामो समय चल्ने फिल्म ‘चन्द्रमुखी’को कीर्तिमान तोड्यो।

यो साउथको सबैभन्दा हिट फिल्म बन्यो।  जसले दुई राष्ट्रिय अवार्ड, ६ फिल्मफेयर र ९ नन्दी अवार्ड जित्यो। यो त्यही फिल्म हो जसबाट मुख्य कलाकार रामचरण र काजल अग्रवालले स्टारडम पाएका थिए। मगधीराले साउथ इन्डस्ट्रीमा पिरियड ड्रामा र सामाजिक काल्पनिक प्रवृत्ति ल्यायो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसपछि राजामौलीले ‘मर्यादा रमन्ना’ (सरदारको हिन्दी रिमेक सन), ईगा (मक्खी) निर्देशित गरे। मर्यादा रामन्नाले ६० करोड र ईगाले १३० करोड जम्मा गरे।

सन् २०१५ मा इतिहास रचेको ‘बाहुबली’ 
राजामौलीले सन् २०१५ मा ‘बाहुबली’ नामक भारतको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म दिए। यो फिल्मले राजामौलीलाई विश्वभर चिनायो।

फिल्मले रिलिजको पहिलो दिन विश्वभर ७५ करोड कमाएको थियो। जुन भारतीय सिनेमाको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ थियो। पछि सन् २०१६को कबालीले ८२ करोड कमाएर यो फिल्मको रेकर्ड तोडेको थियो।

यो ३०० करोडभन्दा बढी कमाउने पहिलो साउथ फिल्म थियो, जसमध्ये २ सय ६३ करोड मात्र एक दिनको कलेक्सन थियो। फिल्मले विश्वव्यापी बक्स अफिसमा ६ सय ५० करोड कमाएको थियो भने यसको सिक्वेल बाहुबलीः द कन्क्लुजन (२०१७) ले १८०० करोड कमाएर नयाँ रेकर्ड बनाएको थियो।

यो दक्षिणी सिनेमाको इतिहासमा सबैभन्दा हिट र भारतीय सिनेमाको इतिहासमा ‘दंगल’पछि दोस्रो सर्वाधिक कमाउने फिल्म बन्यो।

फिल्मका लागि राजामौलीको विशेष ट्रिक
राजामौलीले आफ्ना प्रत्येक फिल्मलाई परफेक्ट बनाउन विशेष हतियार थप्छन्। यो शृंखला विगत धेरै वर्षदेखि चल्दै आएको छ। राजामौलीको हरेक फिल्ममा मुख्य कलाकारको हातमा नयाँ प्रकारको हतियार देखिनु सामान्य भइसकेको छ।

सिम्हादरी
सबैभन्दा पहिले राजामौलीले ‘सिंहादरी’ फिल्ममा मुख्य अभिनेता जुनियर एनटीआरको लागि विशेष रूपमा दोहोरो कुल्हाडी डिजाइन गरे। यो फिल्मको लोकप्रियता पछि यो शृंखला सुरु भएको हो।

छत्रपति
राजामौलीको ‘छत्रपति’मा प्रभासको हातमा बन्चरो जस्तो नयाँ हतियार देखिएको थियो।

विक्रमार्कुडु
यो फिल्ममा रवि तेजाले धारिलो हतियार प्रयोग गरेका छन्। यो हतियार हेर्दा यति डरलाग्दो थियो कि लडाइँको दृश्यमा गूजबम्पहरू देखिन्थ्यो।

मगधिरा
यस अवधिको ड्रामामा धेरै उत्कृष्ट एक्शन दृश्यहरू थिए, जसमा हजारौं हतियार प्रयोग गरिएको थियो। यी सबै हतियार फिल्मका लागि मात्रै तयार पारिएका हुन्। रामचरणका अलावा नकारात्मक भूमिकामा देखिएका रणदेव भिल्लाको हतियारलाई पनि हाइलाइट गरिएको थियो।

ईगा
‘ईगा’मा पहिलो पटक मक्खीलाई नायकको रुपमा प्रस्तुत गरिएको थियो। फिल्ममा यो पात्रले सुईलाई आफ्नो हतियार बनाएका छन्।

बाहुबली
राजामौलीले सन् २०१५ मा आएको फिल्म ‘बाहुबली’का लागि २० हजार हतियार डिजाइन गरेका थिए। यसमा एक्सन सीनमा नयाँ ट्रिक र नयाँ प्रकारका हतियारहरू देखिएका छन्। भल्लारदेवको धारिलो हतियारसहितको रथ दर्शकका लागि एकदमै नयाँ थियो। बाहुबली र कालकेयको हतियार पनि धेरै अनौठो थियो। फिल्ममा देखिएका सबै हतियारको म्युजियम पनि बनाइएको छ।

डिभोर्सी रमालाई जीवनसाथी बनाए
राजामौलीले सन् २००१ मा रमासँग विवाह गरेका थिए। रमा उनीभन्दा जेठी अनि पहिले नै विवाहित र एक बच्चाकी आमा थिइन्।

जब रमाले सम्बन्धविच्छेद गरिन्, राजामौलीले उनलाई धेरै साथ दिए। विस्तारै दुवैले एकअर्कालाई माया गर्न थाले र एकदिन राजामौलीले उनलाई विवाहको प्रस्ताव राखे। रमाको पहिलो विवाहबाट एक छोरा थिए भने राजामौलीले विवाहपछि छोरी धर्मपुत्री बनाएका थिए। रमा राजामौलीको फिल्मको कस्ट्युम डिजाइनर हुन्।

एउटा फिल्मको सुटिङका क्रममा राजामौली आफ्नो पोशाक डिजाइनबाट सन्तुष्ट थिएनन्।

जब रमाले समस्या थाहा पाइन् उनले आफैं डिजाइन गर्ने निर्णय गरिन्। एक अन्तर्वार्ताका क्रममा रमाले आफू कहिल्यै डिजाइनर बन्न नचाहेको, तर राजामौलीको दिमाग पढ्न सक्ने भएकाले उनको लागि डिजाइन गर्ने बताएकी छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसिया कप राइजिङ स्टार्स : भारत ‘ए’ सँग नेपालको ३०६ रनको ऐतिहासिक लज्जास्पद हार
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन
स्थानीय निर्वाचनअघि कामका कमजोरी सच्याउन जनप्रतिनिधिलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
नेपाली निर्देशक नितिन चन्दको हिन्दी गीत अस्ट्रेलियाका सामुदायिक टेलिभिजन संजालमा प्रसारण हुने नेपाली समुदायमा मात्र सीमित नरही अस्ट्रेलियाका बहुसांस्कृतिक दर्शकमाझ समेत पुग्ने यो प्रसारणले नेपाली मूलका कलाकार र सर्जकलाई अन्तर्... बुधबार, मंसिर २, २०८३
हास्य कलाकार मनोज गजुरेलले मागे माफी धेरै कलाकार र प्राविधिकको मेहनतबाट  चलचित्र बन्ने भएकाले कुनै एउटा प्रक्रिया वा शैलीका आधारमा समग्र सिर्जनाको मूल्याङ्कन नगरिदिन आग्... आइतबार, कात्तिक २९, २०८३
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ फिल्मलाई उपलब्ध गराईएको शो सङ्ख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले आज शुक्रबार पनि एक करोड माथिको ग्रस कलेक्सन गर्ने अनुमान गर्न सकि... शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
एसिया कप राइजिङ स्टार्स : भारत ‘ए’ सँग नेपालको ३०६ रनको ऐतिहासिक लज्जास्पद हार शुक्रबार, मंसिर ४, २०८३
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय निर्वाचनअघि कामका कमजोरी सच्याउन जनप्रतिनिधिलाई ओलीको निर्देशन शुक्रबार, मंसिर ४, २०८३
भारत ‘ए’ले नेपालसामु राख्यो ३३३ रनको विशाल लक्ष्य शुक्रबार, मंसिर ४, २०८३
एनपीएल फाइनलको टिकट नपाइएको गुनासोमा क्यानले के दियो जवाफ? शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्