तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले पौडेललाई बधाई दिएका हुन्।
‘नेपालका नवनिर्वाचित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई’, थमसनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिका उहाँको सफल कार्यकालको कामना गर्न चाहन्छ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल सत्ता गठबन्धनको तर्फबाट फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए।
उनले सोमबार पदभार सम्हालेका छन्। पौडेलले शपथ लिएर राष्ट्रपति पद सम्हालेपछि अमेरिकाले शुभकामना दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।