काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्मा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्मा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताइन्।
उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको बताइन्। उनले संसद्मा कानुन निर्माण गर्दा महिलाहरूले नै सबैभन्दा बढी संशोधन गर्ने भएपनि त्यसको मूल्यांकन हुन नसकेको बताइन्।
मन्त्री शर्माले संसद्मा कोरम पुर्याउने सवालमा पनि महिलाहरूको उपस्थिति महत्त्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताइन्।
उनले संसद्को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्यांकन गरी खोजमुलक पत्रकारिता गर्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।