• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १९, २०८३ Tue, Jun 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संक्रमणकालीन न्याय टुंग्याउने ‘मुड’मा पुगेको हो माओवादी?

64x64
नेपाल लाइभ मंगलबार, फागुन ३०, २०७९  ०८:१०
1140x725

काठमाडौं– माओवादी युद्धमा संलग्न भएका, तर शान्ति प्रक्रिया सुरु भएपछि अलग्गिएका माओवादी धारका ९ दलले आइतबार साझा विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन माग गर्दै सरकारको ध्यानाकर्षण गराए। माओवादी केन्द्रको अगुवाइमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले विगतमा आफूहरु विभाजित भएको तर अब एक ठाउँमा उभिएको सन्देश दिने कोसिस गरे। 

विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै उनीहरुले यसको अन्यत्र समाधान खोज्न नहुने बताए। 

‘यो ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने तथ्य पनि स्पष्ट छ’, ९ दलका तर्फबाट हस्ताक्षरित संयुक्त वक्तव्यमा भनिएको छ, ‘संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने कुरा पनि सुस्पष्ट छ।’ 

यसरी एक ठाउँमा उभिएर विज्ञप्ति जारी गर्नेमा माओवादी केन्द्र, क्रान्तिकारी-माओवादी, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, आम जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी बहुमत, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी रहेका थिए।  

उनीहरुलाई पछिल्लो समय एउटै मञ्चमा ल्याउने काम माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि हो। दाहाल विरुद्ध ३ वर्षअघि एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट दायर भएको थियो। 

गत मंगलबार दायर भएको रिटमा सर्वोच्चले शुक्रबार लिखित जवाफ माग गर्ने गरी कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चले मुद्दालाई अग्राधिकार दिँदै प्रधानमन्त्री प्रचण्डलाई आफैं वा वारेसमार्फत जवाफ दिन भनेको छ। 

ज्ञानेन्द्रराज आरणसहित २९ द्वन्द्वपीडितले दायर गरेको रिटमा सर्वोच्चले आदेश गरेकाले प्रधानमन्त्री प्रचण्डले अदालतमा जवाफ दिनुपर्नेछ। अदालतमा मुद्दा दायर भएपछि सरकारले हतारहतार संसदमा संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनको विधेयक पनि दायर गरेको छ। 

उक्त विधेयक अब आउने संसदको अधिवेशनमा पेस हुनेछ। संसदमा त्यसलाई छलफल गरेर पारित गर्दै राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयकले कानुनको रुप ग्रहण गर्नेछ। योसँगै पुन: सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगमा पदाधिकारी नियुक्तिको बाटो खुल्नेछ। यी दुई आयोगमा पदाधिकारी नियुक्त भएसँगै संक्रमणकालीन न्याय प्रक्रियाका लागि अदालत गठन हुनेछ। सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्दै उक्त अदालतमा मुद्दा दायर गर्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

शान्ति प्रक्रियामा ढिलाइ भएको र यसलाई अब टुङ्गोमा पुर्‍याउनै पर्नेमा माओवादी केन्द्र पनि रहेको उपाध्यक्ष अग्नि सापकोटाले बताए। ‘शान्ति प्रक्रियाको काममा ढिलाइ भएको छ। यसमा नैतिक जिम्मेवारी माओवादी केन्द्रले पनि लिनुपर्छ,’ उपाध्यक्ष सापकोटाले भने, ‘ढिलाइ भएकाले नै अब छिट्टै यसका बाँकी कार्यभारहरु सक्नुपर्छ।’ 
उनले विगत लामो समय यसमा काम हुन नसकेको स्वीकार गर्दै अब ढिलाइ गर्ने छुट नभएको बताए। शान्ति प्रक्रियाको काममा जति ढिलाइ गरियो त्यति नै अनावश्यक खेल मैदान तयार हुने गरेको भन्दै उनले यसमा सरकार र माओवादी लगायत सबैले महसुस गरेको बताए।

विस्तृत शान्ति सम्झौता अघिदेखि नै यो प्रक्रियामा संलग्न भएका पूर्वसभामुख सापकोटाले प्रक्रिया लम्बिँदै जाने अनि पीडितहरुले न्याय नपाउने कुरा राम्रो नभएको स्वीकार गर्दै यसलाई जसरी दक्षिण अफ्रिकामा नेलसन मन्डेलाको नेतृत्वमा टुङ्गोमा पुर्‍याइएको थियो, नेपालमा पनि माओवादीको नेतृत्वले नै टुंगोमा पुर्‍याउनुपर्ने नैतिक जिम्मेवारी हुने उनले बताए।

उनले संक्रमणकालीन न्यायको कुरा अन्य नियमित अदालतभन्दा फरक कुरा भएकाले त्यही अनुसार सम्बोधन गर्नुपर्ने आफूहरुको धारणा भएकाले यही बाटोबाट समाधान खोज्न माओवादी केन्द्रले पनि अब गम्भीर रुपमा दबाब दिने बताए।  

अन्तर्राष्ट्रिय कानुनका जानकार एवं अधिवक्ता राजु चापागाईंले यो प्रक्रियाको धेरै जिम्मेवारी र दायित्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुने बताए। उनी तत्कालीन द्वन्द्वरत पक्षका सुप्रिमो, विस्तृत शान्ति सम्झौताको एक मात्र जीवित हस्ताक्षरकर्ता र देशको प्रधानमन्त्री समेत भएकाले उनको भूमिका धेरै हुने चापागाईंको भनाइ छ। संविधानको सपथ खाएका तत्कालीन सुप्रिम कमान्डरभन्दा माथि उठेर यो प्रक्रिया टुङ्गोमा पुर्‍याउनुपर्ने प्रचण्डको दायित्व रहेको चापागाईंको टिप्पणी छ। 

तर, माओवादी केन्द्र भने शान्ति प्रक्रिया टुंग्याउनेभन्दा सन्त्रासको उल्टो बाटो हिँडेको उनले बताए। ‘यसबारेमा माओवादीले अहिले धेरै छलफल र बहस गर्नुपर्ने थियो। विस्तृत छलफल गरेर आफ्ना कमजोरीहरु खोज्नुपर्ने थियो,’ चापागाईले भने, ‘तर उहाँहरु शान्ति प्रक्रिया उल्टिन्छ भनेर गलत बाटोमा हिँडिरहनुभएको छ।’ माओवादी केन्द्रले शान्ति प्रक्रियालाई निकास दिने बाटो खोज्नुपर्ने चापागाईंको सुझाव छ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभरका मुख्य राजमार्ग प्रभावित, कुन सडकको अवस्था कस्तो छ?
तराईमा तातो बढ्दै, आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने
प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ कार्यसूची आजको बैठकमा सभामुख डोलप्रसाद डीपी आर्यलाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार... मंगलबार, जेठ १९, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । मंगलबार, जेठ १९, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महा... सोमबार, जेठ १८, २०८३
ताजा समाचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
देशभरका मुख्य राजमार्ग प्रभावित, कुन सडकको अवस्था कस्तो छ? मंगलबार, जेठ १९, २०८३
तराईमा तातो बढ्दै, आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने मंगलबार, जेठ १९, २०८३
प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ कार्यसूची मंगलबार, जेठ १९, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ १९, २०८३
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन् सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्