काठमाडौं– मिसेल यो ओस्कर जित्ने पहिलो एसियन महिला बनेकी छिन्। ६० वर्षीया मिसेलले अवार्डपछि भनिन्, ‘दिदीबहिनीहरु हो तपाईंहरु कहिल्यै अरुलाई भन्न नदिनुहोस्, तपाईंको स्वर्णिमकाल बितिसक्यो।’
उनले ऐतिहासिक क्षण रहेको बताउँदै आफूलाई यहाँसम्म आउन प्रेरणा दिने र हौस्याउनेहरुलाई धन्यवाद दिइन्।
मिसेल मलेसियामा जन्मकी हुन्। उनी मलाया, अंग्रेजी र चिनियाँ गरी ३ भाषा बोल्न सक्छिन्। उनी ४ वर्षकै उमेरदेखि ब्यालेट डान्सर थिइन्।
उनको युवावय लन्डनमा पढाइका क्रममा बित्यो। फेरि फर्केर उनी मलिसिया आइन् र मिस मलेसिया बनिन्। त्यसपछि अस्ट्रेलियाको मेलबर्नमा मिस मुम्बाको ताज जितिन्।
उनले क्यामेरामा देखिने काम सन् १९८४ बाट सुरु गरेकी हुन्। चिनियाँ अभिनेता ज्याकी च्यानसँग सन् १९८५ मा काम गरेसँगै उनको व्यवसायिक फिल्मयात्रा तय भयो।
उनी आफ्नो नृत्यकलाबाट सवैभन्दा धेरै चर्चित बनिन्। औपचारिक कक्षा नलिए पनि उनले त्यसमा आफूलाई पारंगत बनाइन्।
सन् १९८८मा उनले हङकङको डी एन्ड बी फिल्मका एक्ज्युकेटिभ डिक्सन पुनसँग विवाह गरिन् र अभिनयबाट बिराम लिइन्। सन् १९९२ मा उनको डिभोर्स भयो।
हलिउडमा उनी सन् १९९७ मा आएको जेम्स बोन्डको फिल्म ‘टुमरो नेभर डाइज’बाट प्रवेश गरिन्। त्यसपछि सन् २००० मा हिडेन ड्रागनमा अभिनय गरिन्।
डिभोर्सपछि हलिउडतर्फ बढेका पाइला कहिल्यै रोकिएनन्। ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’सम्म आइपुग्दा उनले रोजेको बाटोले उचाइ प्राप्त गरेको छ।
९५ औं संस्करणको ओस्करमा अवार्ड जित्दै एउटा इतिहास बनाएकी छिन्। त्यो हो, ओस्कर जित्ने पहिलो एसियन महिला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।