काठमाडौं– एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।
आइतबार फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ।
नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले दुई/दुई गोल गरिन्। सरस्वती हमाल र जेनिफर रानाले एक/एक गोल गरिन्। नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा एक गोल गरेको थियो।
जितसँगै समूह ‘बी’ को नेपाल २ खेलमा ६ अंक जोडेर अपराजित हुँदै शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको हो। छनोट अन्तर्गत नेपालले पहिलो खेलमा पनि आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।