दाङ– जिल्ला प्रहरी कार्यालय दाङले चार वर्षीया नाबालिका बलात्कार गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ परेको छ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१८ का ३४ वर्षीय बिराज लम्साल रहेका छन्। बंगलाचुली गाउँपालिका वडा नम्बर ८ मा लेबरको काम गर्दै आएकी नाबालिकाकी आमाले उजुरी दिएपछि लम्साललाई पक्राउ गरिएको हो।
बंगलामुखी–८ मै काम गर्ने क्रममा नाबालिकालाई १० रुपैयाँको नोट दिएर सफही स्थानमा रहेको खरबारीमा लिएर ललाईफकाई जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले जाहेरीमा उल्लेख गरेकी छन्।
छोरी हराएपछि खोजतलास गर्दा खरबारीमा आमाले नाबालिका बेहोस अवस्थामा फेला पारेकी थिइन्। साथै नाबालिकाको योनीबाट रगत आएको र ओठसमेत सुन्निएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सोही ठाउँमा काम गर्दै आएका बिराज लम्साल फरार भएको पाइएपछि उनीविरुद्ध नाबालिकाकी आमाले उजुरी दिएकी हुन्। प्रहरीले लम्साललाई आइतबार पक्राउ गरी आदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।