काठमाडौं- निर्वाचन आयोगले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ। शनिबार भएको उम्मेदवारी मनोयनपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो।
आयोगले प्रकाशन गरेको अन्तिम नामावलीमा मनोनयन गरेका चारै जना उम्मेदवारको नाम छ। आयोगको अन्तिम नामावलीमा जसपाका रामसहाय यादव र प्रमिला कुमारी यादव, जनमत पार्टीका ममता झा र नेकपा एमालेका अष्टलक्ष्मी शाक्यको नाम उल्लेख छ।
जसपाका दुई जना उम्मेदवारमध्ये एक जनाको फिर्ता लिने चर्चा भए पनि नाम फिर्ता भएको छैन। सतारुढ दलहरु र जसपा समेतको बैठकमा छलफल भएपछि जसपाका दुई वटै उम्मेदवारको नाम आयोगको अन्तिम नामावलीमा राखिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।