काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारी परित्याग गर्द पार्टीबाटसमेत अलग भएको घोषणा गरेका छन्।
पौडेलले आइतबार पार्टीका सबै जिम्मेवारी परित्याग गरेको पत्र पार्टी कार्यलयमा पठाएका छन्। राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल पार्टी आबद्धताबाट अलग भएका हुन्।
सोमबार एक बजे नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रम राखिएको छ। शपथ लिएलगत्तै पौडेलले राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्।
शपथ लिएर कार्यभार सम्हाल्नुअघि नै पौडेलले आइतबार पार्टीका सबै जिम्मेवारी परित्याग गरेका हुन्। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रपति पौडेलको पार्टीमा जिम्मेवारी परित्यागसम्बन्धी पत्र पार्टी कार्यालयमा आइपुगेको बताएका छन्।
पौडेलले विगतमा कांग्रेसको सभापतिसहित उपसभापति, महामन्त्रीलगायतका भूमिका निर्वाह गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।