काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी केन्द्रले राज्य आफ्नो भने पनि त्यस्तो हुन नसकेको टिप्पणी गरेका छन्।
माओवादी धारका पार्टीहरुले आइतबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले उक्त टिप्पणी गरेका हुन्।
‘प्रधानमन्त्रीको नाममा प्रकाउ पुर्जी जारी गर्ने कुराहरु भएको छ। यसले के देखाउँछ भने माओवादी केन्द्रले जति नै यो राज्य हाम्रो हो भने पनि यो राज्य नेपाली जनताको होइन रैछ नि त! एउटा देशमा निर्वाचित भनेको भए पनि चुनिएको भने पनि प्रधानमन्त्रीलाईसमेत राज्यले नियन्त्रणमा राख्ने प्रयत्न गरिरहेको छ भने एउटा सुकुम्बासीको हालत के होला? महिलाको के होला? मजदूरको हालत के होला?, सजिलै बुज्न सकिन्छ कि यो क्रान्तिको अपूर्णताको परिणाम हो,’ विप्लवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।