काठमाडौं- उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न सत्ता-साझेदार दलहरुको बैठक आइतबार सिंहदरबारमा बस्न लागेको छ। निर्वाचन आयोगले शनिबार दर्ता भएका चार वटै उम्मेदवारी कायम गरेपछि सतारुढ दलहरु साझा उम्मेदवार तय गर्न छलफल गर्न लागेका हुन्।
सत्ता-साझेदार दलहरुबाटै उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ। जसपाले नै दुई जना र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी परेको थियो।
जसपाले प्रमिलाकुमारी यादवको उम्मेदवारी फिर्ता गराएर रामसहाय यादवको उम्मेदवारीलाई साझा बनाउने रणनीति छ। नेपाली कांग्रेस, माओवादीसहित नेकपा एस पनि यसमा सहमत रहेकोले यादव उपराष्ट्रपतिको साझा उम्मेदवार बन्ने सम्भावन रहेको छ।
जनमत पार्टीले सतारुढ दलहरु भित्र सहमति नभएपछि शनिबार नै मित्रवत प्रतिस्पर्धा गर्ने जनाइसकेको छ। जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झाको उम्मेदवारी दर्ता गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।