काठमाडौं– उपपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी परेका ४ वटै उम्मेदवारहको उम्मेदवारी कायम हुने भएको छ। चैत ३ गते हुने उपपराष्ट्रपति पदका लागि जसपाका रामसहायप्रसाद यादव, र प्रमिला कुमारी, जनमत पार्टीबाट ममता झा, जनमत पार्टीकी र एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको थियो।
राष्ट्रपतिमा पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपरराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै यादव विरुद्ध निर्वाचन अधिधृत कार्यलयमा २ वटा उजुरी परेको थियो। उनी विरुद्ध एमाले र जनमत पार्टीले उजुरी हालेको थियो।
आधिकृतको कार्यालयले उक्त उजुरीमा दावी नपुग्ने भन्दै यादवको उम्मेदवारी कायमै राखेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।