तस्बिर : मनिषको फेसबुकबाट।
काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं जिल्लाको अध्यक्षमा मनिष डंगोललाई जिम्मेवारी दिएको छ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डंगोललाई जिम्मेवारी प्रदान गरेका हुन्। डंगोल काठमाडौं महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन्।
अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौंको रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डंगोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।
नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास संघले लिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।