• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के होला एमाले नेतृत्वको प्रदेश सरकारको भविष्य?

64x64
ईश्वर बराल आइतबार, फागुन २८, २०७९  ०९:१८
1140x725

काठमाडौं– राष्ट्रपति निर्वाचनले संघीय सरकारको राजनीतिक समीकरण प्रष्ट रुपमा फेरिएसँगै एमालेले नेतृत्व गरेको प्रदेश सरकारको भविष्य के होला भन्ने चासो बढेको छ। यद्यपि, केही नेताहरू संघमा सत्ता गठबन्धनको प्रष्ट चित्र नआएकाले प्रदेशमा के हुन्छ भन्ने अहिलै केही भन्न नसकिने बताउँछन्। 

सरकारमा सहभागी दलहरूले सरकारबाट बिहिरिँदा विश्वासको मत पनि फिर्ता लिएपछि सरकारले पुन: विश्वासको मत लिनु पर्ने अवस्थामा सत्ता निर्माणकै तहमा गठबन्धन पूर्ण भइनसकेको नेताहरूको ठम्याँइ छ। यस्तो, अवस्थामा प्रदेश सरकार कसरी परिर्वतन हुने र कसरी नयाँ सरकार बन्ने भन्ने कुरा संघमा बनेको गठबन्धनले तय गर्नेमा प्रदेशस्तरीय नेताहरूको बुझाइ छ। 

राष्ट्रपतिमा उम्मेदवार बनाउने प्रकरणले पुस १० मा बनेको गठबन्धन फागुन १३ गते छिन्नभिन्न भएको थियो। पुस १० को समझदारी अुनसार प्रधानमन्त्री अघि नबढेपछि एमाले र राप्रपाले सरकारलाई दिएको समर्थनसहित सरकार छाडिसाकेका छन्।  

एमालेले र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको विश्वासको मत फिर्ता लिँदै संघ सरकारबाट बहिरिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत पुन: लिनुपर्ने संवैधानिक बाध्यता रेहको छ। त्यसअघि पुस २६ गते विश्वासको मत लिँदा संसद्‌मा रहेका करिब सबै सांसदले प्रचण्डका पक्षमा मत दिएका थिए। 

एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै विश्वासको मत पुन: लिनु पर्ने र रिक्त रहेको मन्त्रिपरिषद्लाई विस्तार गर्नुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रसहितको नयाँ बनेको गठबन्धनले संघ र प्रदेश सरकारका विषयमा आवश्यक छलफल नगरेकाले अहिल्यै केही नहुने बताउँछन् नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा। 

कोशी त्यही प्रदेश हो जहाँ एमाले नेतृत्वको सरकार अल्पमतउन्मुख छ। कोशीबाहेक गण्डकी र लुम्बनी प्रदेशमा एमाले नेतृत्वको सरकार रहेका छन्। यी तीन प्रदेशमा सत्ता समीकरणमा फेरबदल आउने पूर्वाअनुमानकाबीच ती सरकारहरू संकटउन्मुख भएका छन्। 

यो पनि पढ्नुहोस

केन्द्रको नयाँ समीकरणले एमाले नेतृत्वका प्रदेश सरकार अल्पमत उन्मुख

संकटको डिलमा कार्की नेतृत्वको सरकार
कोशी प्रेदशमा एमालेका हिक्मत कार्कीको नेतृत्वमा सरकार छ। ९३ सदस्य प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक रहन्छ। हाल एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सहित ६० प्रदेश सांसदको समर्थनको सरकार रहेको छ। केन्द्रमा समीकरणमा प्रष्ट फेरबदल भएपनि यो प्रदेशमा उक्त गठबन्धनमा टुटेको छैन। माओवादी र जसपाका मन्त्रीहरू अझै कार्की नेतृत्वको सरकारमा छन्। 

राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकार रहेको प्रदेशमा विश्वासको मत फिर्ता लिए पनि यो प्रदेशमा फिर्ता लिएको छैन। यस्तै, कार्की नेतृत्वको सरकारको प्रतिपक्षमा कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद रहेका छन्। केन्द्रमा यी दलसहित माओवादी केन्द्र, जसपा एकै ठाउँमा उभिँदा यो प्रदेशमा यो गठबन्धनसँग ४७ सांसदसहित बहुमत देखिन्छ। एमाले र राप्रपा ४६ सांसदसहित प्रतिपक्षी बन्न सक्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

तर, यो प्रदेशमा माओवादी केन्द्रका बाबुराम गौतम सभामुख रहेकाले ४६–४६ को अंकगणित रहेको छ। जसले गर्दा, सत्ता परिवर्तन हुँदा पनि सत्ता हस्तान्तरण सजिलै नहुने देखिन्छ। जसलाई लक्षित गरेर कांग्रेस सांसद थापाले प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताएका हुन्। 

गण्डकीमा अधिकारीको बहिगर्मन सहज
संघमा बनेको नयाँ गठबन्धन अनुसार प्रदेशमा छिट्टै सत्तारोहण गर्न सजिलो प्रदेश, हो गण्डकी। गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार छ। अधिकारी एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदसहित ३२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

६० सदस्य प्रदेश सभा रहेका यो प्रदेशमा सरकार निर्माण गर्न ३१ सांसद आवश्यक रहन्छ। कांग्रेससँग २७ र स्वतन्त्र १ सांसद छन्। 

अधिकारी नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएलगत्तै कांग्रेससहित बहुमतको सरकार बन्ने छ। तर, हालसम्म संघमा पद बाँडफाँडको विषय टुंगो लागिनसकेकोले अधिकारी केही दिन मुख्यमन्त्री कार्यालयैमा रहने मौका पाउने छन्। 

लुम्बिनीका गिरी पनि संकटको मुखैमा छन्
यो प्रदेशमा एमालेका लिला गिरीको नेतृत्वमा सरकार बनेको थियो। ८७ सदस्यीय रहेको यो प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक रहन्छ। गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्तिका ४, जसपाका ३, जनमतका ३, लोसपाका ३ र २ जना स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थन थियो। 

कांग्रेसका २७ र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका समान १–१ सांसद प्रतिपक्षमा थिए। तर, अब नयाँ समीकरणले गिरी नेतृत्वको एमालेलाई प्रतिपक्षी बेञ्चमा पुर्‍याउने सम्भावना करिब निश्चित छ। 

यी बाहेक अन्य ४ प्रदेशमा सत्ता नेतृत्व तत्काल परिवर्तन नभए पनि राजनीतिक समीकरणको बदलले पद बाँडफाँडमा केही 'सकस' हुनसक्छ। तर, त्यसको टुंगो पनि संघमा बनेको गठबन्धनका शीर्ष नेताले तय गर्नेछन्। 


मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव छन्। संघमा हुने सत्ता समीकरणको अदलबदलले उनलाई तत्काल असर गर्ने छैन। तर, सत्ताको भागबण्डामा भने केही लेनादेना गर्नु पर्ने हुनसक्छ। 

बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल मुख्यमन्त्री छन्। जम्मकट्टेल पनि सुरक्षित हुन सक्छन्। उनलाई कांग्रेससहितका दलले विश्वासको मत दिएका छन्। 

कर्णाली प्रदेशका माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन्। उनलाई कांग्रेसले विश्वासको मत दिएको थिएन। त्यसकारण त्यहाँ कांग्रेसले दाबी गरिरहेको छ। यद्यपि, उनले विश्वासको मत लिँदा कांग्रेस संसदीय दलका नेता जीवन शाहीलले हाललाई विश्वासको मत नदिने तर, अफ्ठ्यारो परेका बेला साथ दिने बताएका थिए।

४० सदस्यीय कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३ र एमालेका १० सांसद छन्। सरकार बनाउन/जोगाउन २१ मत आवश्यक पर्छ। कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। उसले समर्थन फिर्ता लिँदा कांग्रेसले साथ दिएको खण्डमा मुख्यमन्त्री शर्मा जोगिनेछन्।

सुदूरपश्चिमबाट सुरु भयो एमाले र माओवादी खटपट 
एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २६ गते संसद्‌मा विश्वासको मत पाउन सकेनन्। यस प्रकरणले नै एमाले र माओवादीबीच अविश्वास पैदा भएको नेताहरू बताउँछन्। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पहल नगरेकै कारण सरकार ढलेको एमाले नेताहरूको बुझाइ छ। प्रचण्डले नागरिक उन्मुक्तिलाई विश्वासमा लिन चाहको भए रावल नेतृत्वको सरकारले विश्वासको मत पाउने एमालेकै नेताहरू बताउँछन्। 

रावलले मुख्यमन्त्रीको दाबी गर्दा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्तिका ७ सांसदको पनि समर्थन थियो। तर, त्यसलाई संसद्‌मा परीक्षण गर्दा उक्त दलले रावललाई मत दिन अस्वीकार गर्‍यो। जसका कारण रावल ३० दिनको संवैधानिक व्यवस्थालाई लाभमा लिएर सरकारबाट बाहिरिए। लगत्तै, उक्त प्रदेशमा कांग्रेसका कमल शाहले मुख्यमन्त्रीमा दाबी गरेका थिए। 

शाहले आफूलाई बहुमत रहेको पुष्टि गरिसकेका छन्। उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन्। 

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, राप्रपाका १, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र १ सहित ५३ सांसद छन्। सरकारका लागि बहुमत पुर्‍याउन २७ सांसद भएपुग्छ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्