• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रको नयाँ समीकरणले एमाले नेतृत्वका प्रदेश सरकार अल्पमत उन्मुख

64x64
ईश्वर बराल आइतबार, फागुन १४, २०७९  ११:२९
1140x725

काठमाडौं– मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा संघ र प्रदेशसहित करिब ३ दर्जन लाभका पदको बाँडफाँडको केन्द्रमा प्रधानमन्त्री पद थियो। तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनभित्र तीव्र रस्साकस्सीका बीच सोही पदको भागबण्डा नमिल्दा पुस १० गते एमाले–माओवादी सहितका दलहरुको नयाँ गठबन्धन बन्यो। उक्त गठबन्धनले संघ र प्रदेशका करिब २ दर्जन बढीका लाभका पदहरु बाँडफाँड गरे। केही पदहरु बाँडफाँड गर्न बाँकी थियो। 

तर, तत्कालीन समयमा एमालेलाई राष्ट्रपति दिने भन्ने समझदारीलाई संघीय सरकारका नेतृत्वकर्ता माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १३ गते आइपुग्दा अस्वीकार गरेर पुस १० अघिकै गठबन्धन ब्यूँत्याएपछि पुस १० को समझदारीअनुसार बनेका प्रदेशका सरकारहरु ‘धराप’मा परेका छन्। 

एमाले–माओवादी सहितको गठबन्धनअनुसार एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरु अल्पमतमा पर्ने स्थितिमा पुगेका छन्। सो गठबन्धनमा रहेको राप्रपाले शनिबार संघ र प्रदेश सरकारहरुलाई आफूले दिएको विश्वासको मत फिर्ता गर्दा गण्डकी प्रदेशमा शनिबारै एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। 

एमालेले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता गर्दा सरकारको विषयमा केही भनेको छैन। उसले राष्ट्रपतिको निर्वाचन हुने दिन फागुन २५ सम्महाल रहेकै गठबन्धन कायम रहने बताएको छ। तर प्रधानमन्त्री प्रचण्डले स्पष्ट रुपमा एमाले सहितको गठबन्धन भङ्ग भइसकेको बताएका छन्। 

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्तापछि कांग्रेसका दिवंगत नेता महेन्द्रनारायण निधिको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउने गठबन्धन राष्ट्रको हितमा नभएको टिप्पणी गरेका छन्। एमाले सहित राप्रपा र रास्वपासँग रहेको सहकार्यले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई हित नहुने अनुभव गरेको निष्कर्ष प्रचण्डले सुनाए। 

प्रचण्डको उक्त टिप्पणीलाई मात्र हेर्ने हो भने नयाँ बनेको कांग्रेस सहितको ८ दलीय गठबन्धनले एमाले सहितको तत्कालीन सत्ता सझेदारका अन्यदलहरुलाई संघ र प्रदेशका दुवै सरकारबाट पाखा लागून् भन्ने स्पष्ट सन्देश छ। राप्रपाले सबैतिरको सरकारबाट विश्वासको मत फिर्ता लिएसँगै संघ र प्रदेश सरकारमा एमाले मात्र छ। रास्वपा केही साताअघि नै सरकारबाट बाहिरिएको छ भने ऊ प्रदेश सभामा छैन। 

संघमा एमाले बाहिरिए कांग्रेसले सत्तालाई काँध हाल्ने लगभग स्पष्ट छ। प्रदेशहरुमा  एमाले नेतृत्वका प्रदेश सरकार भने अब संकटमा परेका छन्। 

प्रदेश १: सँगै प्रतिपक्षी बेञ्चमा हुन सक्छन् एमाले र राप्रपा 
प्रदेश १ मा एमालेका हिक्मत कार्कीको नेतृत्वमा सरकार छ। ९३ सदस्य प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक रहन्छ। हाल एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सहित ६० प्रदेश सांसदको समर्थनको सरकार रहेको छ। शनिबार राप्रपाले समर्थन फिर्ता लिएसँगै यो प्रदेशको मुख्यमन्त्रीलाई ५४ सांसदको प्रविधिक समर्थन देखिन्छ। तर माओवादी र जसपासहित कांग्रेस, एकीकृत समाजवादीको संघमा गठबन्धन बनेकोले अबको केही दिनभित्र प्रदेशमा मुख्यमन्त्री कार्की अल्पमतमा पर्ने करिब निश्चित छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद रहेका छन्। यो प्रदेशमा एमाले र राप्रपा बाहिर रहे कांग्रेस सहितको गठबन्धनलाई पुगनपुग मात्रै बहुमत हुन्छ। एमाले र राप्रपासँग ४६ सांसद, र सत्ताको नेतृत्व गर्नेसँग ४७ सांसद मात्र हुने छन्। 

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव छन्। संघमा हुने सत्ता समीकरणको अदलबदलले उनलाई तत्काल असर गर्ने छैन। 

बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल मुख्यमन्त्री छन्। जम्मकट्टेल पनि सुरक्षित हुन सक्छन्। उनलाई कांग्रेस सहितका दलले विश्वासको मत दिएका छन्। 

गण्डकी सरकार शनिबारै अल्पमतमा
गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार छ। शनिबार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारी अल्पमतमा परिसकेका छन्। अधिकारी, एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसद सहित ३२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

६० सदस्य प्रदेश सभा रहेका यो प्रदेशमा सरकार निर्माण गर्न ३१ सांसद आवश्यक रहन्छ। कांग्रेससँग २७ र स्वतन्त्र १ सांसद छन्। अब नयाँ गठबन्धनले नयाँ व्यक्तिको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गर्नेछ। 

लुम्बिनीमा हुनसक्छ एमालेका गिरीको छिट्टै बहिर्गमन 
यो प्रदेशमा एमालेका लिला गिरीको नेतृत्वमा सरकार बनेको थियो। ८७ सदस्यीय रहेको यो प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक रहन्छ। गिरी एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्तिका ४, जसपाका ३, जनमतका ३, लोसपाका ३ र २ जना स्वतन्त्र सांसद सहित ५८ जनकाको समर्थन थियो। 

कांग्रेसका २७ र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका समान १–१ सांसद प्रतिपक्षमा थिए। तर अब नयाँ समिकरणले गिरी नेतृत्वको एमालेलाई प्रतिपक्षी बेन्चमा पुर्‍याउने सम्भावना करिब निश्चित छ। 

कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका माओवादी केन्द्रका राजकुमार शर्मा अहिलेलाई सुरक्षित रहेका छन्। शर्मालाई कांग्रेसले विश्वासको मत दिएको छ। एमाले बाहिरिए पनि उनी सुरक्षित रहन्छन्। 

सुदुरपश्चिमबाट एमालेको घाम अस्ताउन थालेको हो।  एमालेबाट सरकारको नेतृत्वक गरेका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २६ गते संसदमा विश्वासको मत भने पाउन सकेनन्। 

उनलाई उक्त पदको दाबी गर्दा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्तिका ७ सांसदको पनि समर्थन थियो। तर त्यसलाई संसदमा परीक्षण गर्दा उक्त दलले रावललाई मत दिन अस्वीकार गर्‍यो। जसका कारण रावल ३० दिनको संवैधानिक व्यवस्थालाई लाभमा लिएर सरकारबाट बाहिरे। लगत्तै, उक्त प्रदेशमा कांग्रेसका कमल शाहले मुख्यमन्त्रीमा दावी गरेका छन्। उनलाई पनि ३० दिनको अवधि छ आफूसँग बहुमतको  पुष्टि गर्नलाई। 

अन्योलका बीच शाहलाई सायदै राहत भएको हुनुपर्छ, किनभने कांग्रेससँग उक्त प्रदेशमा निर्णायक रहेको पार्टी नागरिक उन्मुक्ति सहितका दलको संघमा गठबन्धन बनेको छ। 

सुपमा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, राप्रपाका १, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७, र स्वतन्त्र १ सहित ५३ सांसद छन्। सरकारका लागि बहुमत पुर्याउन २७ सांसद आवश्यक पर्छ। 
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्