काठमाडौं– जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला कुमारीले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार(भोलि) थाहा हुने बताएकी छन्।
शनिबार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार कुमारीले जनता समाजवादी पार्टीको तर्फबाट दुईजनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार थाहा हुने बताएकी हुन्।
उनले आफुले चुनावसम्मकै लागि उम्मेदवारी दिएको उल्लेख गर्दै जित्नको लागि उम्मेदवारी दिएको दाबी गरिन्। आफ्नो पार्टीको दुईजनाको उम्मेदवारी परे पनि पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उनको भनाइ छ।
उनले भनिन्, ‘मेरो उम्मेदवारी जित्नको लागि हो। प्रतिस्पर्धा गर्नुपर्यो। आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ। मेरो उम्मेदवारी चुनाव सम्मकै लागि गरेको हो। हामी दुवै जनाको इच्छा भयो त्यसैले दुईजनाको उम्मेदवारी पर्यो। पार्टीले अब निर्णय गर्छ। पार्टीको निर्णय म फलो गर्छु।’
उनले उपराष्ट्रपतिको निर्वाचन आफूले जित्नेमा विश्वास व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।