काठमाडौं– जनता समाजवादीबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहाय यादवको उम्मेदवारीमा एमाले सांसद महेश बर्तौताले दाबी विरोध गरेका छन्।
बर्तौताले यादवको उम्मेदवारी संविधान, ऐन र प्रचलित मान्यताविपरीत भएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन्।
बर्तौलाले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना फरक लिंग र समुदायको हुनुपर्ने र यसअघि सोही अनुसार अभ्यास भएकाले यादवको उम्मेदवारी खारेजीको माग गरेका हुन्।
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा जसपाबाटै दुई जनाले उम्मेदवारी दिएका छन् भने एक जनाले जनमत पार्टीबाट। एमालेबाट भने अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।