तस्बिर: निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- जनमत पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी ममता झाले संविधानको मर्मलाई कायम राख्न आफूले उम्मेदवारी दिएको बताएकी छिन्।
शनिबार उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानको मर्मलाई बुझ्दै सशक्त पालना गर्नुपर्छ भनेर आफू कानुनको छात्राको हैसियतले स्पष्ट रहेको बताइन्।
उनले ५२ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत अधिकार दिएको भन्दै त्यो दुःखलाग्दो कुरा भएको बताइन्। उनले आफू पार्टी र अध्यक्षको निर्णयबाट एक इन्च पनि तलमाथि नहुने बताइन्।
झाको उम्मेदवारीको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन्।
त्यस्तै, समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।