काठमाडौं- जनता समाजवादी पार्टीबाट उम्मेदवादी दिएकी प्रमिला कुमारी यादवले आफूले जित्नकै लागि उम्मेदवारी दिएको बताएकी छिन्।
शनिबार उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी अन्तिमसम्मै कायम रहने बताइन्। निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भएकाले उपराष्ट्रपति महिला चाहिने तर्क गरेपछि जसपाबाट दुइटा उम्मेदवारी दर्ता भएका छन्।
यसअघि रामसहायप्रसाद यादवले पनि उम्मेदवारी दर्ता गरेकाले प्रमिलाको उम्मेदवारीलाई विकल्पको रुपमा हेरिएको छ।
पार्टीबाटै दुइटा उम्मेदवारी परेको सन्दर्भमा उनको प्रतिक्रिया थियो- ‘प्रतिस्पर्धा गर्नुपर्छ।’ उनले आफूले पार्टीको निर्णय मानेको बताइन्। साथै, जित्ने पूर्ण विश्वास भएको पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।