तस्बिर: निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका रामसहायप्रसाद यादवले आफू निर्वाचित भएको अवस्थामा राष्ट्रिय एकतालाई बलियो बनाउन भूमिका खेल्ने बताएका छन्।
शनिबार उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने- 'मलाई खुसी लागेको छ। दलरुले समर्थन गर्नुभएकोमा धन्यवाद दिन्छु। निर्वाचित भएँ भने संविधानको रक्षा गर्ने पालना गर्ने राष्ट्रिय एकतालाई बलियो पार्न भूमिका खेल्छु।'
उनले आफूलाई निर्वाचित गराउन सबै दललाई आग्रह गरे।
जसपाबाट दुइटा उम्मेदवारी पर्ने बताइएको छ। निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको उम्मेदवारी पर्नुपर्ने बताएपछि वैकल्पिक उम्मेदवारी दर्ता गराउने जसपाको तयारी छ। अर्को उम्मेदवारी प्रमिला कुमारीले दिने तयारी छ।
यादवले भने पहिले नै दलहरुबीच भएको सहमति अनुसार सबै दलका सदस्यहरुले आफूलाई प्रस्ताव गरेको बताए।
गठबन्धनका जसपाका दुई उम्मेदवारी र जनमत पार्टीको तर्फबाट ममता झाको पनि उम्मेदवारी दर्ता हुने सीके राउतले बताएका छन्।
यादवको उम्मेदवारीको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। त्यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।