काठमाडौं– जनता समाजवादी पार्टी, (जसपा) नेपालले उपराष्ट्रपतिमा दुई जनाको उम्मेदवारी दर्ता गर्ने भएको छ।
जसपाले रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता गराउने भएको हो। रामसहाय यतिबेला निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेका छन्।
निर्वाचन आयोगले उपराष्ट्रपति महिला हुनुपर्ने अडान राखेपछि गठबन्धनका नेताहरू अन्योलमा परेका छन्। शनिबार बिहान बालुवाटारमा भएको बैठकमा पनि ठोस निर्णय भएको थिएन।
यस्तै, गठबन्नधनमै रहेको अर्को दल जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउने भएकी छन्। उनले निर्वाचन अधिकृतको कार्यालयबाट फारम लिइसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।